Previous Version
Wednesday, Jan 27, 2021  |  बुद्धबार, १४ माघ २०७७   |  नेपाली समय लोड हुदैछ...
कांग्रेसद्वारा सिंहका हत्यारालाई कारवाहीको माग संसद्मा कानूनसम्बन्धी आधुनिक अभिलेखालयको माग चन्द्रनहर मर्मत सम्भार नहुदा किसानहरु चिन्तित वाग्मती खोप अभियानः हेटौँडामा कोभिड–१९ को खोप शुभारम्भ प्रमबाट कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ : तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क प्रदेश नं २ खोप अभियान : खोप लगाउन आग्रह चार चिनी उद्योगले उखु किसानलाई बक्यौता रकम भुक्तानी विकास निर्माणलाई प्रभावकारी ढङ्गले अघि बढाइने छ : अर्थमन्त्री खोप लगाउन आवश्यक सबै नागरिकलाई चरणबद्ध व्यवस्था मिलाइने राष्ट्रपतिको विश्वास अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम ८० प्रतिशत सम्पन्न अवैध काठसहित १२ जना प्रहरी नियन्त्रणमा चिसो बढेपछि विद्यालयमा तीन दिन बिदा कोभिड–१९ विरुद्धको खोपको आज प्रमबाट शुभारम्भ प्रतिबन्धित लागुऔषध कारोवारी पुनः सक्रिय कांग्रेसद्वारा आन्दोलनका थप कार्यक्रम सार्वजनिक

सुनको मूल्यमा रु ५०० वृद्धि

बुद्धबार, १७ मंसिर २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले उकालो लागेको छ । छापावाला सुन मङ्गलबारका तुलनामा प्रतितोला रु ५०० ले वृद्धि भएर रु ९१ हजारमा कारोवार भएको छ । छापावाला सुन मङ्गलबार प्रतितोला रु ९० हजार ५०० मा कारोवार भएको थियो । सोमबारको तुलनामा आजसम्म आइपुग्दा पहेँलो धातुको मूल्य प्रतितोला रु एक हजारले वृद्धि भएको छ । यस्तै तेजाबी सुनसमेत आज प्रतितोला रु ५०० ले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । प्रतितोला रु ९० हजार ५० मा मङ्गलबार कारोवार भएको तेजाबी सुन आज भने रु ९० हजार ५५० मा कारोवार भएको छ । यस्तै चाँदी आज प्रतितोला रु एक हजार १८५ मा कारोवार भएको छ । चाँदी प्रतितोला रु एक हजार १५५ मा मङ्गलबार कारोवार भएको थियो । चाँदी प्रतितोला रु ३० ले वृद्धि भएको छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू