Previous Version
Wednesday, Jan 27, 2021  |  बुद्धबार, १४ माघ २०७७   |  नेपाली समय लोड हुदैछ...
मन्त्रिपरिषद् निर्णय : ‘दाङ औद्योगिक क्षेत्र’ घोषणा गर्ने चितवन समाचारः रङ्गशाला निर्माणका लागि रु चार करोड मूलधारमा फर्कन अध्यक्ष ओलीको आह्वान कांग्रेसद्वारा सिंहका हत्यारालाई कारवाहीको माग संसद्मा कानूनसम्बन्धी आधुनिक अभिलेखालयको माग चन्द्रनहर मर्मत सम्भार नहुदा किसानहरु चिन्तित वाग्मती खोप अभियानः हेटौँडामा कोभिड–१९ को खोप शुभारम्भ प्रमबाट कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ : तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क प्रदेश नं २ खोप अभियान : खोप लगाउन आग्रह चार चिनी उद्योगले उखु किसानलाई बक्यौता रकम भुक्तानी विकास निर्माणलाई प्रभावकारी ढङ्गले अघि बढाइने छ : अर्थमन्त्री खोप लगाउन आवश्यक सबै नागरिकलाई चरणबद्ध व्यवस्था मिलाइने राष्ट्रपतिको विश्वास अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम ८० प्रतिशत सम्पन्न अवैध काठसहित १२ जना प्रहरी नियन्त्रणमा चिसो बढेपछि विद्यालयमा तीन दिन बिदा

नेकपामा विवाद बढ्दा भूतप्रेतहरु सल्बलाउन थाले : मन्त्री भट्टराई

शनिबार, १३ मंसिर २०७७, सगरमाथा पोष्ट.
झापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद देखा पर्दा लोकतान्त्रिक गणतन्त्रको संविधान नरुचाउने भूतप्रेतहरु सल्बलाउन थालेको बताउनुभएकाे छ । झापाको विर्तामोडस्थित सिद्धार्थ होटल ग्रान्डसिटीको आज उद्घाटन उहाँले भन्नुभयो, “भूतप्रेतहरुले पोखरा र झापातिर कतै जुलुस निकालेको र कतै निकाल्न लागेको सुनिएको छ, नेकपामा तलमाथि भयो भने परिवर्तन र संविधान नचाहने शक्तिहरु हौसिन्छन् भन्ने यो उदाहरण हो ।” मन्त्री भट्टराईले नेकपामा देखिएको विवाद चाँडै हल हुने र त्यसपछि सुपरफास्ट गतिमा पार्टी अघि बढ्ने बताउँदै पार्टीको सचिवालय बैठकले समस्या निकास दिन नसके स्थायी कमिटीको बैठकले सचिवालयका सबै प्रतिवेदनहरु खारेज गरेर नयाँ निर्णय लिनेछ भन्नुभयो । उहाँले भन्नुभयो, “स्थायी कमिटी निर्णय गर्न र समस्याको हल निकाल्न सक्षम छ, त्यो निर्णय कसैले नसोचेको पनि हुनसक्छ ।” नेकपा अहिलेको अप्ठेरो परिस्थितिबाट विभाजनलाई क्रमभङ्ग गर्दै अघि बढ्ने उल्लेख गर्दै उहाँले मुलुकमा विदेशी शक्ति, चरम दक्षिणपन्थी र चरम वामपन्थीको चलखेललाई विफल तुल्याइने दाबी गर्नुभयो । आगामी वर्ष आन्तरिक पर्यटन वर्ष हुने मन्त्री भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षको रूपमा अघि बढाउने योजना रहेको जानकारी दिनुभयो । उहाँले कोभिड–१९ को चपेटाबाट जुध्दै मुलुकको समृद्धिमा टेवा पु¥याउन आन्तरिक पर्यटनलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । मन्त्री भट्टराईले हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिएर छुट्टीको अवधिलाई आन्तरिक पर्यटन अभिवृद्धिमा लगाउन आफूले प्रधानमन्त्रीसमक्ष प्रस्ताव गरेको उल्लेख गर्दै कोरोना महामारीको सङ्कटबाट गुज्रिएको नेपाली पर्यटन क्षेत्र अब अगाडि बढ्न थालिसकेको बताउनुभयो । सरकारले केही गरेन भन्नेहरुलाई जवाफ सरकारले केही गरेन भन्दै नेकपा सरकारको आलोचना गर्नेहरु पूर्वाग्रही भएको उल्लेख गर्दै भनेको बेला भेन्टिलेटर नपाउँदा, खोजेको बेला आइसीयू नपाउँदा सर्वसाधारण जनतामा केही असन्तुष्टि हुनु स्वाभाविक भएता पनि सरकार सुतेर बसेको छ जस्तो गरी आरोप लगाउनेहरुले आफ्नो विगत हेर्नुपर्ने बताउनुभयो । “आज मुलुकका ७० वटा प्रयोगशालबाट पिसीआर परीक्षण भइरहेको छ”, उहाँले भन्नुभयो, “हिजो सबैभन्दा लामो समय सत्तामा बसेकाहरुबाटै अहिले केही भएन भनेको सुन्दा अचम्म लाग्छ, हिजो उहाँहरुले कमसेकम २० वटा पिसीआर प्रयोगशाला बनाएर छाडेको भए हुन्थ्यो नि, किन केही नगरेको ?” विश्वका चीनलगायत थोरै मुलुकले मात्र कोरोनाकालमा आफ्नो अर्थतन्त्रको विकासलाई धेरै तल गिर्न नदिएको चर्चा गर्दै उहाँले विश्व बैंकको प्रतिवेदनअनुसार अहिले नेपालले यस्तो सङ्कटका बेला पनि दुई दशमलव पाँच प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको स्पष्ट पार्नुभयो । मन्त्री भट्टराईले कोभिड–१९ को सबैभन्दा ठूलो मार पर्यटन क्षेत्रले खेप्नुपरेको उल्लेख गर्दै पर्यटन व्यवसायलाई उठाउनका लागि सरकारले रु ५० अर्बको पुनर्कर्जा कोष स्थापना गरेको स्मरण जानकारी दिनुभयो । ५० करोडको लगानीमा सिद्धार्थ होटल स्थापना सिद्धार्थ होटल ग्रान्ड सिटीमा ११ जना उद्यमीको रु ५० करोड लगानी रहेको छ । विर्तामोड नगरपालिका–४ स्थित छ कठ्ठा जग्गामा फैलिएको यस होटलमा लक्जरी तहको ५१ कोठा, पाँच रेस्टुरेन्ट, दुई कन्फरेन्स हल, स्वीमिङ पोखरीलगायत सुविधा छन् । यसको व्यवस्थापन सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले हेरिरहेको सो समूहका प्रबन्ध निर्देशक कृष्ण न्यौपानेले जानकारी दिनुभयो । सो अवसरमा सङ्घीय सांसद गणेशकुमार पहाडी, प्रदेशसभा सदस्य एकराज कार्की र उद्योग परिसङ्घ प्रदेश नं १ का अध्यक्ष मीनप्रकाश मैनालीलगायतले पर्यटन व्यवसायको विकासका विविध पक्षमाथि प्रकाश पार्नुभयो । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू