Previous Version
Wednesday, Jan 27, 2021  |  बुद्धबार, १४ माघ २०७७   |  नेपाली समय लोड हुदैछ...
मन्त्रिपरिषद् निर्णय : ‘दाङ औद्योगिक क्षेत्र’ घोषणा गर्ने चितवन समाचारः रङ्गशाला निर्माणका लागि रु चार करोड मूलधारमा फर्कन अध्यक्ष ओलीको आह्वान कांग्रेसद्वारा सिंहका हत्यारालाई कारवाहीको माग संसद्मा कानूनसम्बन्धी आधुनिक अभिलेखालयको माग चन्द्रनहर मर्मत सम्भार नहुदा किसानहरु चिन्तित वाग्मती खोप अभियानः हेटौँडामा कोभिड–१९ को खोप शुभारम्भ प्रमबाट कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ : तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क प्रदेश नं २ खोप अभियान : खोप लगाउन आग्रह चार चिनी उद्योगले उखु किसानलाई बक्यौता रकम भुक्तानी विकास निर्माणलाई प्रभावकारी ढङ्गले अघि बढाइने छ : अर्थमन्त्री खोप लगाउन आवश्यक सबै नागरिकलाई चरणबद्ध व्यवस्था मिलाइने राष्ट्रपतिको विश्वास अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम ८० प्रतिशत सम्पन्न अवैध काठसहित १२ जना प्रहरी नियन्त्रणमा चिसो बढेपछि विद्यालयमा तीन दिन बिदा

स्थानीय तहलाई अभिभावकत्व प्रदान गर्न सभामुखको आह्वान

शनिबार, १३ मंसिर २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ , सभामुख अग्निप्रसाद सापकोटाले लोकतान्त्रको सुदृढीकरण र सङ्घीयतालाई स्थायित्व प्रदान गर्न प्रदेशसभाले स्थानीय तहलाई अभिभावकत्व प्रदान गर्न आह्वान गर्नुुभएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आयोजित ‘सङ्घीय संसद् र प्रदेशसभा सञ्चालन अनुभव आदानप्रदान एवं अन्तरक्रिया समापन समारोहमा उहाँले कानून निर्माणलगायतका विषयमा अधिकतम सहयोग गरी दिशा निर्देशन गर्न उहाँले आग्रह गर्नुुभएको हो । संसद्लाई जीवन्त तुल्याउँदै जनमुखी र व्यावहारिक कानून निर्माण गर्न सुुझाव दिँदै सभामुख सापकोटाले भन्नुुभयो, “सभामुुख र उपसभामुख पद विवादमा नआउने समन्वयकारी भएकाले तटस्थ र निष्पक्ष हुुनुपर्छ, प्रदेशको पहिचान स्थापित गर्ने अहिले ठूलो अवसर र चुनौती छ, राम्रो काम गरेर इतिहास रच्ने अवसरको सदुुपयोग होस् ।” राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बजेट बनाउँदा वार्षिकरुपमा मन्त्रालयगत सीमा तोक्ने पुरानो परिपाटी व्यावहारिक नदेखिएकाले त्यसमा पुनःविचार गरी आवश्यकता र औचित्यका आधारमा बजेट निर्धारण गर्न सुुझाव दिनुुभएको छ । उहाँले भन्नुुभयो, “संसद्ले रुलिङ गरेको विषयलाई सरकारले सम्बोधन गर्नुुपर्छ, संसदीय मूल्यमान्यता र जवाफदेहीताको सम्मान गर्न आवश्यक छ, सांसदले विकास होइन, विधि निर्माणको काममा विशेष प्राथमिकता दिनुुपर्छ, प्रदेशले आफ्नो भूमिका आफँै निर्धारण गर्नुपर्छ ।”

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू