Previous Version
Wednesday, Jan 27, 2021  |  बुद्धबार, १४ माघ २०७७   |  नेपाली समय लोड हुदैछ...
कांग्रेसद्वारा सिंहका हत्यारालाई कारवाहीको माग संसद्मा कानूनसम्बन्धी आधुनिक अभिलेखालयको माग चन्द्रनहर मर्मत सम्भार नहुदा किसानहरु चिन्तित वाग्मती खोप अभियानः हेटौँडामा कोभिड–१९ को खोप शुभारम्भ प्रमबाट कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ : तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क प्रदेश नं २ खोप अभियान : खोप लगाउन आग्रह चार चिनी उद्योगले उखु किसानलाई बक्यौता रकम भुक्तानी विकास निर्माणलाई प्रभावकारी ढङ्गले अघि बढाइने छ : अर्थमन्त्री खोप लगाउन आवश्यक सबै नागरिकलाई चरणबद्ध व्यवस्था मिलाइने राष्ट्रपतिको विश्वास अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम ८० प्रतिशत सम्पन्न अवैध काठसहित १२ जना प्रहरी नियन्त्रणमा चिसो बढेपछि विद्यालयमा तीन दिन बिदा कोभिड–१९ विरुद्धको खोपको आज प्रमबाट शुभारम्भ प्रतिबन्धित लागुऔषध कारोवारी पुनः सक्रिय कांग्रेसद्वारा आन्दोलनका थप कार्यक्रम सार्वजनिक

३९४ औँ हप्तामा वाग्मती सफाइ महाअभियान

शनिबार, १३ मंसिर २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ , वाग्मती सफाइ महाअभियानको ३९४औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रमा अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलको नेतृत्वमा सफाइ गरियो । पशुपतिको आर्यघाट एवं भष्मेश्वर घाट क्षेत्रमा बढी फोहर भेटिएको उहाँले बताउनुभयो । कोरोना त्रासका कारण भौतिक दूरी कायम गरेर नदी किनार नजिक निवास भएका अभियानकर्मी मात्र उपस्थित रहेकाले सबै फोहर टिप्न नसकिएको अभियानकर्मीको भनाइ छ । सफाइसँगै पशुपति क्षेत्रमा आएका भक्तजनलाई करिब १५० वटा गुर्जोका बिरुवा समेत वितरण गरिएको अभियानकर्मी खरेलले बताउनुभयो । पशुपति क्षेत्रको सफाइमा अभियानकर्मी प्रमिला पौडेल, गङ्गा पुरी, सुष्मा भेटवाललगायत अभियानकर्मीको सक्रियता थियो । पशुपतिनाथको मूल मन्दिर भने चैतदेखि नै बन्द गरिएको छ । मन्दिर पुसदेखि खोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा अनुरोध गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यसैगरी शङ्खमूल क्षेत्रमा अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा सफाइ गरिएको छ । वाग्मती किनारमा पुराना जस्ता गाडिएर रहेको भेटिएकाले त्यसलाई निकालेर व्यवस्थापन गरिएको छ । अधिकार सम्पन्न वाग्मतीले नदी किनारमा पर्खाल लगाउने कामदारलेसमेत बोरा नदीमै फालेर फोहर गरेकाले टिप्न लगाइएको अभियानकर्मी पौडेलले राससलाई जानकारी दिनुभयो । कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापन गरिएको अभियानकर्मीले जनाएका छन् । सफाइपछि वाग्मतीको ४०० हप्ताको तयारीका लागि छलफल गरिएको थियो । आगामी पुस २५ गते सफाइ महाअभियानको ४०० हप्ता विशेषरुपमा मनाउने तयारी भइरहेको छ । यस क्षेत्रको सफाइमा चक्रबहादुर चन्द, प्रिया लामिछाने, रामशरण कार्कीलगायत अभियानकर्मी सक्रिय हुनुभएको थियो । वाग्मती सफा बनाउन जेसुकै गर्न तयार गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको ३५४औँ हप्तामा गोठाटार पुल क्षेत्रमा सफाइ गरिएको छ । सफाइमा वाग्मती प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामा, अधिकार सम्पन्न वाग्मतीका अध्यक्ष उद्धव तिमल्सिना, आयोजना प्रमुख नवराज प्याकुरेल, गोकर्णेश्वर नगरपालिका वडा नं ५ का अध्यक्ष नारायणबहादुृर सुवेदी, वडा नं ६ का अध्यक्ष रमेश अर्याललगायतका व्यक्तित्व पनि यस क्षेत्रको सफाइमा सहभागी हुनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेशसभा सदस्य लामाले वाग्मतीको सौन्दर्यीकरणका लागि नगरपालिका र अधिकार सम्पन्न वाग्मतीलगायत सरोकार भएका निकायबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभएको थियो । अधिकार सम्पन्न वाग्मतीका नवनियुक्त अध्यक्ष तिमल्सिनाले वाग्मतीलाई फोहर हुनुअघिको पुरानैस्वरुपमा फर्काउन लागिपर्ने प्रतिबद्धता जनाउनुभएको थियो । कार्यक्रममा वडा अध्यक्षद्वय सुवेदी र अर्यालले वाग्मती स्वच्छ बनाउन नगरपालिकाकोतर्फबाट आवश्यक सबै किसिमका सहयोग गर्न तयार रहेको जानकारी गराउनुभयो । ‘मनदेखि नै मुहान क्षेत्रको वाग्मती सफा गरौँ’ भन्ने नाराका साथ शुरु भएको अभियानले कुहिने र नकुहिने फोहरलाई छुट्याएर व्यवस्थापन गर्दै आएको वाग्मती सुन्दरता सरोकार मञ्चको अध्यक्षसमेत रहनुभएका अभियानकर्मी उत्तम पुडासैनीले राससलाई जानकारी दिनुभयो । गोकर्णेश्वर नगरपालिकाको माकलबारीबाट गुह्येश्वरीसम्मको नदी क्षेत्रलाई विशेष अभियानका साथ सफा बनाउन लागिएको मञ्चले जनाएको छ । यसका लागि कोरोना महामारीकाबीच भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर अर्को हप्तादेखि नै अभियान शुरु गरिने जनाइएको छ । वाग्मतीसँगै आज रुद्रमती, विष्णुमती, मनोहरालगायत सहायक नदी, चक्रपथको उत्तरी र पश्चिमी खण्डलगायत स्थानमा पनि स्वास्थ्य सुरक्षाका विधि अपनाएर सफाइ गरिएको जनाइएको छ । विसं २०७० जेठ ५ गतेदेखि तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको विशेष सक्रियतामा वाग्मती सफाइ महाअभियान शुरु भएको हो । महाअभियान शुरु भएसँगै यसका सहायक नदी, उपत्यकाका विभिन्न स्थानलगायत मुख्यमुख्य शहरमा समेत सफाइ जागरण शुरु भएको छ । हालसम्म १०६ स्थानमा सफाइ भइरहेको जनाइएको छ । नागरिकस्तरबाट शुरु भएका स्वयंसेवी अभियानका लागि पैसा नउठाउने र कुनै समितिसमेत नबनाउने नीति रहेको मुख्य अभियानकर्मी पौडेलले बताउनुभयो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू