Previous Version
Wednesday, Jan 27, 2021  |  बुद्धबार, १४ माघ २०७७   |  नेपाली समय लोड हुदैछ...
मूलधारमा फर्कन अध्यक्ष ओलीको आह्वान कांग्रेसद्वारा सिंहका हत्यारालाई कारवाहीको माग संसद्मा कानूनसम्बन्धी आधुनिक अभिलेखालयको माग चन्द्रनहर मर्मत सम्भार नहुदा किसानहरु चिन्तित वाग्मती खोप अभियानः हेटौँडामा कोभिड–१९ को खोप शुभारम्भ प्रमबाट कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ : तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क प्रदेश नं २ खोप अभियान : खोप लगाउन आग्रह चार चिनी उद्योगले उखु किसानलाई बक्यौता रकम भुक्तानी विकास निर्माणलाई प्रभावकारी ढङ्गले अघि बढाइने छ : अर्थमन्त्री खोप लगाउन आवश्यक सबै नागरिकलाई चरणबद्ध व्यवस्था मिलाइने राष्ट्रपतिको विश्वास अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम ८० प्रतिशत सम्पन्न अवैध काठसहित १२ जना प्रहरी नियन्त्रणमा चिसो बढेपछि विद्यालयमा तीन दिन बिदा कोभिड–१९ विरुद्धको खोपको आज प्रमबाट शुभारम्भ प्रतिबन्धित लागुऔषध कारोवारी पुनः सक्रिय

बागलुङमा ३८ थान अवैध भरुवा बन्दुक बरामद

शुक्रबार, १२ मंसिर २०७७, सगरमाथा पोष्ट.
बलेवा, जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्लाका विभिन्न ठाउँबाट ३८ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ । कात्तिक अन्तिम सातादेखि अवैध बन्दुक खोजीमा जुटेको प्रहरीले दुई हप्ताका अवधिमा ती बन्दुक फेला पारेको हो । गत कात्तिक २८ गते बडिगाड गाउँपालिका–३ सिसाखानीबाट एक थान, मङ्सिर ४ गते ताराखोला गाउँपालिका–४ का विभिन्न ठाउँबाट १२ थान, मङ्सिर ५ गते ताराखोलाकै जुल्ले सामुदायिक वनबाट चार थान, सोही वडाको हर्पुखोलाबाट चार थान, मङ्सिर ११ गते ताराखोलाकै वडा नं २ बाट नौ थान र वडा नं ५ बाट आठ थान बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले खोजतलास थालेपछि प्रयोगकर्ताले बन्दुक बेवारिसे अवस्थामा फालेको हुन सक्ने प्रहरी निरीक्षक विजय भण्डारीले बताउनुभयो । अवैध बन्दुक कसले र किन बेबारिसे अवस्थामा फालेका हुन भन्ने विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू