Previous Version
Wednesday, Jan 27, 2021  |  बुद्धबार, १४ माघ २०७७   |  नेपाली समय लोड हुदैछ...
मन्त्रिपरिषद् निर्णय : ‘दाङ औद्योगिक क्षेत्र’ घोषणा गर्ने चितवन समाचारः रङ्गशाला निर्माणका लागि रु चार करोड मूलधारमा फर्कन अध्यक्ष ओलीको आह्वान कांग्रेसद्वारा सिंहका हत्यारालाई कारवाहीको माग संसद्मा कानूनसम्बन्धी आधुनिक अभिलेखालयको माग चन्द्रनहर मर्मत सम्भार नहुदा किसानहरु चिन्तित वाग्मती खोप अभियानः हेटौँडामा कोभिड–१९ को खोप शुभारम्भ प्रमबाट कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ : तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क प्रदेश नं २ खोप अभियान : खोप लगाउन आग्रह चार चिनी उद्योगले उखु किसानलाई बक्यौता रकम भुक्तानी विकास निर्माणलाई प्रभावकारी ढङ्गले अघि बढाइने छ : अर्थमन्त्री खोप लगाउन आवश्यक सबै नागरिकलाई चरणबद्ध व्यवस्था मिलाइने राष्ट्रपतिको विश्वास अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम ८० प्रतिशत सम्पन्न अवैध काठसहित १२ जना प्रहरी नियन्त्रणमा चिसो बढेपछि विद्यालयमा तीन दिन बिदा

सिन्धुपाल्चोकमा भौगर्भिक अध्ययन हुँदै

शुक्रबार, १२ मंसिर २०७७, सगरमाथा पोष्ट.
सिन्धुपाल्चोक, सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको सिन्धुपाल्चोक जिल्लामा जोखिमयुक्त बस्तीहरुको भौगर्भिक अध्ययन आजदेखि शुरु हुने भएको छ । शुरुमा जुगल गाउँपलिकाको लिदी, नाम्फा, सञ्चगाउँ, बोल्दे र लिदीका विस्थापितहरुले बसोबास गरिरहेका बाँसखर्कको भौगर्भिक अध्ययन हुने जिल्ला आयोजना कार्यन्वयन एकाइ (भवन) सिन्धुपाल्चोकका प्रमुख इन्जिनीयर सन्तोष निरौलाले जानकारी दिनुभयो । गत साउन ३० गते ३९ जनाको ज्यान जानेगरी पहिरो गएको जुगल गाउँपालिकाको लिदी र सो स्थानबाट अस्थायी स्थानान्तरण गरिएको जुगल गाउँपालिकाकै बाँसखर्क लगायतका स्थानहरुको पहिलो चरणमा विस्तृत भौगर्भिक अध्ययन गर्न विशेषज्ञसहितको टोलीले आजदेखि काम शुरु गर्न लागेको उहाँले बताउनुभयो । सिन्धुपाल्चोकमा यस वर्ष लगातारको विपत्तिपछि सभामुख अग्निप्रसाद सापकोटाले जिल्लालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरी आवश्यक पहल लिने विषयमा समन्वय गर्नुभएको थियो । उहाँले सङ्घ र जिल्लामा फरकफरक बैठककको आयोजना गरी सिन्धुपाल्चोकमा भौगर्भिक अध्ययन र विस्थापित बस्तीको पुनःनिर्माणका लागि लगातार पहल गर्नुुभएको थियो । सिन्धुपाल्चोकको भौगर्भिक अध्ययन गर्न जाने टोलीले शुरुमा जिल्ला समन्वय समितिका प्रमुख र प्रमुख जिल्ला अधिकारीलगायत सँग चौतारामा छलफल गर्ने र त्यसपछि जुगल गाउँपालिकामा बैठक गर्ने बताइएको छ । जिल्लाको पहिरोग्रस्त क्षेत्र बाह्रविसेको खागदल, जम्बु र नागपुजे, भोटेकोशी र मेलम्ची क्षेत्रको समेत क्रमशः अध्ययन हुने बताइएको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू