Previous Version
Friday, Jan 22, 2021  |  शुक्रबार, ९ माघ २०७७   |  नेपाली समय लोड हुदैछ...
ठूलो परिमाणमा लागुऔषधसहित दुई पक्राउ अठार अर्ब राजस्व सङ्कलन वाग्मती प्रदेशसभाको बैठक आज बस्दै, अविश्वास प्रस्तावमाथि छलफल हुने नेपालमै चिनिँदैन अर्थोडक्स चिया निर्वाचन संवेदनशीलतालाई ध्यानमा राख्न निर्देशन गङ्गामायाको जीवनरक्षाका लागि संवेदनशील बन्न आग्रह आधा परिवारले हिउँ र जाडो छल्न गाउँ छाडे आज मिति २०७७ साल माघ ९ गते शुक्रबार , जनवरी २२ , तपाँईको आजको दिन कस्तो हुनेछ ? चुरे संरक्षणका नाममा दोहन गर्न पाइने छैन : वनमन्त्री निर्वाचन समाचारः मतदानस्थल र केन्द्रसंँगै मतदाता नामावली अद्यावधिक अभियान नेप्सेमा उछाल, बजार पूँजीकरण ३२ खर्ब २०४७ सालको संविधान पुनःस्थापनाको माग गर्दै देशभक्त प्रजातान्त्रिक गठबन्धनले माघ ११ गते माइतीघर मण्डलामा बृहत प्रदर्शन गर्ने प्रधानमन्त्रीज्यूले मलाई प्रमोट गरेर आर्थिक सल्लाहकार बनाउनुभयो, म उहाँलाई हरेक किसिमको सहयोग गर्छु : दुगड छ महिनामा साढे छ खर्बको आयात सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधिसभा विघटन भयो : प्रम

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, साढे सात अर्बको कारोवार

बिहीवार, ११ मंसिर २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, धितोपत्र बजारमा आज पनि नयाँ उचाइ कायम भएको छ । बजार चार वर्ष पहिलको बिन्दुभन्दा माथि मात्रै पुगेको छैन, कारोवार रकमसमेत नयाँ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १८.४३ बिन्दुले उकालो लागेर एक हजार ८९३.२४ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.८५ बिन्दुले वृद्धि भई ३६५.१८ मा पुगेको छ । साताको शुरुआतदेखि नै उकालो लागेको नेप्से आज साताको अन्तिम दिनमा उकालो लागेर नै बन्द भएको छ । कूल २०१ कम्पनीको एक करोड ७१ लख ८८ हजार ९९ कित्ता शेयर रु सात अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ मूल्यमा कारोवार भयो । स्टकका अनुसार आज कारोवार भएका कूल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लागेको छ भने सात उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ३७.७६, जलविद्युत् ६.८२, उत्पादन ०.०९, अन्य १५.३६ र सामूहिक लगानी कोष ०.०७ बिन्दुले उकालो लागेको छ । यस्तै, व्यापार १३०.६६, होटल ४३.६५, विकास बैंक ८.३५, वित्त ५.८७, निर्जीबन बीमा १६५.०१, लघुवित्त १६.६५, जीवन बीमा १३४.३२ बिन्दुले ओरालो लागेको छ । कारोवारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५८ करोड १३ लाख १७ हजार १७८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ । यस्तै, नविल बैंक रु ३८ करोड ३४ लाख ४१ हजार ४०१, शिवम् सिमेन्ट रु २८ करोड ९१ लख ९५ हजार ५३२, नेपाल दूरसञ्चार कम्पनी रु २८ करोड २७ लाख ३८ लाख १३०, नेपाल बैंक लिमिटेड रु २५ करोड ५१ लाख ६८ हजार ३०, प्रभु बैंक रु २२ करोड ७४ लाख २५ हजार ४६०, हिमालयन डिस्टिलरी रु २२ करोड १२ लाख ६४ हजार १३५, नेपाल लाइफ इन्स्योरेन्स रु २१ करोड ८७ लाख ८७ हजार र कुमारी बैंक रु १७ करोड ६३ लाख १४ हजार ७५६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । आज कारोवार भएकामध्ये ४८ कम्पनीको शेयर उकालो लागेको छ भने ११७ कम्पनीको शेयर ओरालो लागेको छ । यस्तै, सात कम्पनीको शेयर भने स्थिर रहेको छ । कारोवारका आधारमा एनएमबी माइक्रोफाइनान्स १०, पाँचथर पावर कम्पनी ९.९५, हिमालयन ऊर्जा विकास कम्पनी ९.७९, आँखु खोला जलविद्युत् कम्पनी ९.५९, नविल बैंक ८.८६, कुमारी बैंक ६.५६, नेपाल बङ्गलादेश बैंक ५.६२, चिलिमे जलविद्युत् कम्पनी ५.४१ र नेपाल पुनरबीमा कम्पनीका लगानी कर्ताले ५.१० प्रतिशतले कमाए । यस्तै, साल्ट टेडिङ कर्पोरेशन ६.१८, ङादी ग्रुप अफ पावर ५.८८, बोटलर्स नेपाल तराई ५.६७, सांग्रिला डेभलपमेन्ट बैंक ५.३४, मल्टीपर्पोज फाइनान्स कम्पनी ४.९२, कर्णाली डेभलपमेन्ट बैंक ४, रिडी हाइड्रोपावर ३.९३ र नेशनल माइक्रोफाइनान्सका लगानीकर्ताले ३.८८ प्रतिशतले गुमाए ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू