Previous Version
Sunday, Jan 17, 2021  |  आईतवार, ४ माघ २०७७   |  नेपाली समय लोड हुदैछ...
आयोगद्वारा राजनीतिक दलसँग परामर्श नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ३१ खर्ब सीमामा निरन्तर किचलो : ढलेका स्तम्भ उस्तै तत्कालीन प्रम कोइरालालाई जस्तो विघटन अधिकार वर्तमान प्रमलाई नभएको जिकिर ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार लोकतन्त्र र संविधानको रक्षाका लागि एक होऔँ : वरिष्ठ नेता पौडेल रु ७०० ले ओरालो लाग्यो पहेंलो धातु मौसम सफा हुन अझै केही दिन लाग्ने एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’ चिसोले जनजीवन कष्टकर नुवाकोटको शिवपुरीमा काँग्रेसको बिरोध प्रर्दशन, बिरोध संगै चुनावको तयारीमा जुटन नेताहरुलाई सुझाब सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत जीप दुर्घटनामा दुईको मृत्यु, सात घाइते निर्वाचन केन्द्रित सुरक्षा रणनीति अपनाउन गृहसचिवको निर्देशन प्रतिनिधिसभा विघटन मुद्दा : आइतबार (आज) सुनुवाइ

आठ महिनामा रु ४० हजार राजश्व सङ्कलन

बिहीवार, ११ मंसिर २०७७, सगरमाथा पोष्ट.
–नरेन्द्रसिह कार्की
दार्चुला , दार्चुला सदरमुकामस्थित छोटी भन्सार कार्यालयले विगत आठ महिनामा रु ४० हजार मात्र राजश्व सङ्कलन गरेको छ । गत चैत ११ गतेदेखि लागू भएको बन्दाबन्दीसँगै नेपाल– भारत सीमा बन्द भएको र त्यस अवधिमा तीन दिन मात्र भन्सार राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ । कार्यालयका कर्मचारी मोहन डोबालका अनुसार विगत आठ महिना तीन दिन मात्रै आर्थिक कारोबार भएको छ । यस अवधिमा भारतबाट आयात भएका समानबाट रु ४० हजार राजश्व सङ्कलन भएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सिमावर्ती भारतीय प्रशासनको समन्वयमा पुल खुलाएपछि तीन दिन राजश्व सङ्कलन भएको हो । जिल्ला प्रशासन कार्यालय दार्चुलाले हप्तामा दुई दिन सीमा पुल खुलाउने निर्णय गरेसँगै भन्सारको राजश्व पनि उठ्न थालेको छ । बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पुल खुलाउँदा रु तीन हजार २१७ राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ । सोमबार नेपाल भारत जोड्ने झोलङ्गे पुल बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्दा रु ३५ हजार बढी राजश्व सङ्कलन भएको थियो । छोटी भन्सार कार्यालय दार्चुला भारतसँगको व्यापारमा निर्भर छ । भारतबाट आयात हुने सामग्रीबाट भन्सारले राजश्व उठाउँदै आएको छ । यस अवधिमा चिनी, सख्खर, तेल, प्याज र खाद्यान्न वस्तु नेपालमा आयात भएको छ । विगतमा मासिक एक लाख रुपैयाँ भन्दा बढी राजश्व सङ्कलन गर्दै आइरहेको छोटी भन्सार कार्यालय दार्चुलाले बन्दाबन्दीदेखि राजश्व उठाउन सकेको थिएन् । दार्चुलामा भारतसँग सीमा जोडिएका आधादर्जन बढी सीमा पुल वैधानिक रुपमा सञ्चालन भएको भए पनि भन्सार कार्यालय सदरमुकाम खलङ्गामा मात्रै छ । दार्चुलाको लाली, जोलजीवि, दत्तु, खलङ्गा, तिगरम र सीता पुल वैधानिक नाका हुन् । यो बाहेक तीन ठाउँमा नेपाल भारत जोड्ने झोलुङ्गे पुल निर्माणाधीन छ । पुल निर्माण भए पनि भन्सार स्थापना हुन नसक्दा सदरमुकाम खलङ्गाबाहेकका नाकाबाट अवैध समान भित्रिने गरेको छ । दार्चुलाको मुल भन्सार कार्यालय अहिले पनि झुलाघाट बैतडी हो । दुई दिन पुल खुल्ने कोभिड–१९ का कारण गत चैत ११ गतदेखि बन्द रहेको दार्चुलास्थित नेपाल–भारत सीमा जोड्ने झोलङ्गे पुल हप्तामा दुई दिन खोल्न शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सीमा पुल बन्द हुँदा नेपाली मजदूर र विद्यार्थी मर्कामा परेको भन्दै सातामा दुई दिन पुल खुलाउन भारतीय पक्षलाई आग्रह गरेसँगै पुल खुलेको हो । पुल बुधबार र शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुल्ने प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनुभयो । दैनिक छ घण्टा पुल खुलेपछि सर्वसाधारण, मजदूर र विद्यार्थीलाईसमेत सहज भएको छ । कोभिड–१९ का कारण पुल नखुल्दा यहाँका स्थानीयवासीलाई बिहेबारी, औषधि उपचार, विद्यार्थीको पठनपाठन, रोजगारीलगायत दैनिक जनजीवनमा कठिनाइ उत्पन्न भएको भन्दै सबै पक्षबाट हप्तामा दुई दिन पुल खोल्ने प्रस्ताव आएको यिथो । पुल खुल्ने भएपछि सर्वसाधारणलाई सहज भएको छ । म्याद नाघेका समान भित्रिदै जिल्ला प्रशासन कार्यालय दार्चुलाले हप्तामा दुई दिन नेपाल भारत जोड्ने झोलङ्गे पुल खुला गर्ने निर्णयसँगै सिमावर्ती भारतीय बजार धार्चुलाबाट म्याद नाघेका समान भित्रिन थालेको छ । छोटी भन्सार कार्यालय दार्चुलाका अनुसार दैनिक उपभोग्य वस्तु तथा जङगफुड म्याद नाघेको भित्रिन थालेको हो । धार्चुलाका व्यापारीले आठ महिनादेखि बिक्री नभएर थन्किएको समान अहिले नेपाली बजारमा पठाउन थालेको छ । पुलघाटमा खटिएका सुरक्षाकर्मीका अनुसार पिठो, खाने तेल, बिस्कुटलगायत जङ्गफुड म्याद नाघेको भेटिने गरेको छ । म्याद नाघेका केही समान फिर्ता गर्न पठाइए पनि अधिकांश व्यापारी तथा सर्वसाधारणले त्यतिकै सामान लिएका छन् । अहिलेकै अवस्थामा म्याद नाघेका वस्तु आउने क्रम नरोकिए स्थानीय प्रशासनले बजार अनुगमन गरी नष्ट गर्नुको विकल्प नरहेको सुरक्षाकर्मी बताउँछन् । मूल्य वृद्धि ह्वात्तै बढ्दै नेपाल भारत झोङ्गुे पुल खुलेसँगै नेपाली ग्राहकको भारतीय बजार धार्चुलामा भीड बढेको छ । दैनिक उपभोग्य सामान तथा अन्य सामग्री खरिद गर्न भारतीय बजारमा ग्राहकको भीड बढेको हो । सोमबार पुल खुल्दा धार्चुलामा रहेका व्यापारीका गोदाममा रहेका खाद्यान्नलगायत सामग्री सकिएको थियो । बढ्दो नेपाली ग्राहकका कारण प्याज, चिनी, चामल, पिठोलगायत खाद्यान्न सामग्रीको धार्चुलामै अभाव भएको छ । सोमबार भारतीय रुपैयाँ ५० मा बिक्री भइरहेको प्याजको मूल्य बुधबार ८० रुपैयाँ पुगेको छ । प्याजको माग बढ्दो भएपछि धार्चुलामासमेत मूल्य वृद्धि भएको नेपाली ग्राहकले बताएका छन् । सोमबार नै दिउँसो हुँदा १० रुपैयाँ बढाएर ६० पु¥याइएको थियो । बुधबार बजारमा प्याज पाइए पनि ८० रुपैयाँ भारु पुगेको छ । खलङ्गा बजारमा चिनियाँ प्याज पुगेको भए पनि मूल्य वृद्धि भएर २०० रुपैयाँ पुगेको छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू