Previous Version
Wednesday, Jan 20, 2021  |  बुद्धबार, ७ माघ २०७७   |  नेपाली समय लोड हुदैछ...
आज मिति २०७७ साल माघ ७ गते बुधबार , जनवरी २० , तपाँईको आजको दिन कस्तो हुनेछ ? बोलेरो दुर्घटनामा एकको मृत्यु, पाँच घाइते पहिचान नखुलेका शवको अभिलेख राख्न आग्रह निगमले पहिलोपटक मकाउमा उडान गर्दै प्रतिनिधिसभा विघटन मुद्दाः प्रमलाई सहयोग गरेका अवस्थामा विघटन गर्न नपाइने तर्क देशको अर्थतन्त्र उकास्न साढे छ खर्ब लाग्ने ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान धार्मिक पर्यटनको केन्द्र बन्दै ‘शान्तिधाम’ पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न अध्यक्ष ओलीको निर्देशन प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको छ : मुख्यमन्त्री पौडेल घुरले ज्यान लिँदै प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर ललितपुर फुटबल सङ्घका अध्यक्षको निलम्बन फुकुवा ‘अनअराइभल भिसा’ सेवा सञ्चालन गर्न माग ऐतिहासिक साङ्ला पोखरी निर्माण

महेश बस्नेतलाई भक्तपुरमै राष्ट्रिय युवा संघ नेपालका जिल्ला इन्चार्ज आक्रोशले दिए चुनौति

बुद्धबार, १० मंसिर २०७७, सगरमाथा पोष्ट.
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा भक्तपुर क्षेत्र नं. २ का सांसद महेश बस्नेतलाई भक्तपुरकै राष्ट्रिय युवा संघ नेपाल का जिल्ला इन्चार्ज दिनेश थपलिया आक्रोशले माओवादी सिध्याउने बस्नेतको विचार दिवासपना मात्र भएको भनी फेसबुक स्टाटस मार्फत बस्नेतलाई पार्टी फुटाएर देखाउन चुनौती दिएका छन् । 
हिजोमात्र अनलाइनखबरमा बस्नेतले दिएको अन्तवार्तामा पूर्व माओवादीहरु र पूर्व एमालेहरु आ–आफ्नो बाटो लाग्दा हुन्छ । भेडा–भेडासँग र बाख्रा–बाख्रासँग जानुपर्छ र आफैँ नै पूर्व एमालेहरुलाई एकताबद्ध गर्न आफू र आफ्नो टिम नै लागेको बताएका थिए र उनले माधव नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीबिचको असमझदारीको अन्त्य गर्ने बित्तिकै पूर्व माओवादीहरु पाखा लागिहान्छन् नि । हामी त्यहिँ अभियानमा जुटेका छौँ भनेर अभिव्यक्ति दिएका थिए । 

बस्नेतको प्रतिक्रिया आएसँगै राष्ट्रिय युवा संघ भक्तपुरका इन्चार्ज आक्रोशले सामाजिक सञ्जालमा बस्नेतलाई लक्षित गर्दै प्रचण्डलाई एक्लै बनाएर ओली र नेपाल मिल्दा मात्र पार्टी एकता गर्दाको नेता र कार्यकर्ताको जनभावना समेटिन्छ त ? पार्टी एकता गर्नु भनेको त पूर्व एमाले र पूर्व माओवादी नभएर हामी सिंगो नेकपाका कार्यकर्ता होइनौ र ? प्रतिप्रश्न गरेका छन् । पक्ष र विपक्षमा होइन, पार्टीको लाइनमा बोल्दा ठिक होला नि । अर्को कुरा एमाले एमाले नै हुने र माओवादी माओवादी नै हुने गरी सोच्नु भएको छ र पार्टी फुटेपनि फुटोस् भन्ने सोचाई हो भने एकपटक सोच्नुहोला । तपाईको निर्वाचन क्षेत्र पनि भक्तपुर नै होइन र ? आक्रोशले फेसबुकमा लेखेका छन् । 

आक्रोश जनयुद्धताकाका जनमुक्ति सेना र पार्टीको विभिन्न तह र तत्कामा रहेर भक्तपुरको विभिन्न इलाका इन्चार्ज हुदैँ भक्तपुर नेकपाको जिल्ला सदस्य तथा राष्ट्रिय युवा संघको इन्चार्जको भूमिकामा आबद्ध छन् ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू