नुवाकोट । मंसिर १० । नुवाकोटको शिवपुरी गाँउपालीका ७ सुनखानीको वडा भबनको आज शिलान्यास गरिएको छ ।
संविधान सभाका सदस्य, पुर्वसभासद एवं नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले भव्य समारोहका बिच शिवपुरी गाँउपालीका ७ सुनखानीको पन्तथोकमा भवनको शिलान्यास गर्नुभएको हो ।
भबनको शिलान्यास गदै संविधान सभाका सदस्य, पुर्वसभासद एवं नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले कम मुल्यमा टेण्डर पारेर गुणस्तर हिन काम गराउने प्रबृत्ति बढदै गएकाले सम्झौता अनुसार भबन निर्माण गराउन जनताले खबरदारी गर्नुपर्ने बताउनुभयो ।
नयाँ व्यवस्थासंगै सिंहदरबार गाँउगाँउमा भएपनि त्यससंगै बिकृति पनि बढदै गएको बताँउदै नेता केसीले नुवाकोटको स्थानीय निकायहरुमा भ्रष्टाचार मौलाएको आरोप लगाउनुभयो ।
शिवपुरीलाई पर्यटकीय हबको रुपमा बिकास गर्ने धेरै ठाँउ रहेको बताँउदै नेता केसीले स्थानीय जनताको जीवनस्तर उकास्नको निम्ती र आयस्रोत बढाउन स्थानीय निकायले सहयोग गर्नुपर्ने बताउनुभयो ।
सिंहदरबारको अधिकारसंगै त्यसको बिकृति पनि गाँउगाँउमा पुगको बताँउदै नेता केसीले केन्द्र देखि स्थानीय निकाय सम्म कम्युनिष्ट सरकारले लुट मच्चाएको आरोप लगाउनुभयो ।
नेता केसीले ककनी गाँउपालीकामा कोरोनाको समयमा बितरणको लागि ल्याएको चामल बेच्ने देखि मृतक जेष्ठ नागरीकहरु समेतको रकम झिकेर खानेमा कम्युनिष्टका नेताहरु लाग्नु दुखद रहेको बताउनुभयो ।
जिल्ला समन्वय समिति नुवाकोटका उपप्रमुख अप्सरा थापाले नुवाकोटको अन्य स्थानीय निकायको तुलनामा शिवपुरी गाँउपालीका हरेक हिसाबले अगाडी रहेको बताउनुभयो । उहाँले शिवपुरी गाँउपालीको प्रशासनिक भबन देखि वडाहरुको भबनको जग्गाहरु निशुल्क रुपमा दान गर्ने दाताहरु निस्कनु खुसीको कुरा रहेको बताँउदै शिवपुरी गाँउपालीका भित्र मनका धनीहरुको कमि नभएको बताउनुभयो ।

शिवपुरी गाँउपालीकाका अध्यक्ष रामकृष्ण थापाले आफनो नेतृत्वमा शिवपुरीमा शिक्षा, स्वास्थ्य, पुर्वाधार,सिञ्चाई लगायतमा धेरै महत्वपुर्ण कार्यहरु भएको बताँउदै समृद्ध शिवपुरी बनाउने अभियानमा अहोरात्र खटिएको बताउनुभयो ।
वडा भबन र गाँउपालीका भित्र अन्य कामको समेत ठेक्का लिएको निर्माण व्यवसायीले उत्साह जनक रुपमा काम गरेको नदेखिएको भन्दै अध्यक्ष थापाले कुनै पनि बहानामा काममा आलटाल गर्ने र समय थप्ने पक्षमा गाँउपालीका नभएको बताउनुभयो । उहाँले भन्नुभयो “टाउको कन्याएको भर यताउता हुंदै द्रुत रुपमा काम हुनुपर्दछ ।”

नुवाकोटमा सबैभन्दा पहिलो गाँउपालीकाको भबन निर्माण गरेका शिवपुरी गाँउपालीकाले ८ वटै वडा जोडने ७० किलो मिटर लामो कृषि रिङरोडको ९० प्रतिशत ट्रयाक खोल्ने काम सम्पन्न गरेको छ भने गाँउपालीकाको पुरानो भबनबाट एमविबिएस डक्टर सहितको सेवा सुरु गरेको छ । त्यस्तै गाँउपालीकाले हालै मात्र शिवपुरी गाँउपालीकाको मध्य भाग चालीसेमा १० शैयाको अस्पतालको लागि जग्गा खार्ने काम समेत गरिरहेको सो अवसरमा अध्यक्ष थापाले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समिति सदस्य रामसिंह तामाङ बिबाद रहित ढंगले भबन बन्न लागेकोमा खुसी व्यक्त गदै भबन निर्माण चाँडो पुराहुनेमा विश्वास व्यक्त गरे ।
प्रदेश सभाका उम्मेद्धवार तथा नेपाली काँग्रेस नुवाकोटका नेता रमेश महतले सुनखानी र शिवपुरी भित्र अपार सम्भाबना रहेको बताँउदै त्यसलाई जनजिविकोसंग जोडन सकेमा शिवपुरीको बिकासमा सहयोग पुग्ने बताउनुभयो । नेता महतले नेपाली काँग्रेसको समयमा जिल्लाको बिकास निर्माणका कामहरु भएको बताँउदै काँग्रेसलाई जिताउन नसकेकोमा नुवाकोटको जनतालाई पछुतो रहेको बताउनुभयो ।

नेपाली काँग्रेस नुवाकोटका पुर्व क्षेत्रीय सभापति एवं सामाजीक अभियन्ता गोबिन्द थपलियाले वडाभवनको निर्माणले जनतालाई थप सहयोग पुग्ने बताउनुभयो ।
गिरिजाप्रसाद कोइराला फाउण्डेसन नुवाकोटको अध्यक्ष रमेशकुमार पाठकले समृद्ध शिवपुरी बनाउन सबैले आआफनो ठाँउबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।
शिवपुरी गाँउपालीकाको इन्जीनियर मिलनकृष्ण श्रेष्ठले ७१ लाख ९९ हजार ७ सय २१को कुल लागतमा २ तले वडा भबन निर्माण हुने बताउनुभयो ।
शिवपुरी गाँउपालीका ७ का वडा अध्यक्ष माधब भेटुवालको सभापतित्वमा सञ्चालीत कार्यक्रममा शिवपुरी गाँउपालीकाकी उपाध्यक्ष मञ्जु केसी, शिवपुरी गाँउपालीका वडानं ६का अध्यक्ष लालबहादुर तामाङ, नेपाली काँग्रेस शिवपुरी काठमाण्डौंका अध्यक्ष मुकुन्दप्रसाद पाण्डे,नेपाली काँग्रेस नुवाकोटका नेता सरोज केसी लगायतले समयमानै वडाभबन निर्माण हुनेमा विश्वास व्यक्त गरे ।

कुम्भेश्वर माध्यामीक विद्यालयका शिक्षक माधब ठकुरीले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाली काँग्रेस शिवपुरी ८का वडा अध्यक्षका उम्मेद्धवार केशव रिजाल, शिवपुरी विद्यालय व्यवस्थापन संघका अध्यक्ष हरी दुलाल, नेपाल किसान संघ नुवाकोटका सचिब शिव गुणी, समाजसेवी चिरञ्जीवि पाण्डे लगायतको उपस्थीति रहेको थियो ।