Previous Version
Sunday, Jan 17, 2021  |  आईतवार, ४ माघ २०७७   |  नेपाली समय लोड हुदैछ...
आयोगद्वारा राजनीतिक दलसँग परामर्श नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ३१ खर्ब सीमामा निरन्तर किचलो : ढलेका स्तम्भ उस्तै तत्कालीन प्रम कोइरालालाई जस्तो विघटन अधिकार वर्तमान प्रमलाई नभएको जिकिर ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार लोकतन्त्र र संविधानको रक्षाका लागि एक होऔँ : वरिष्ठ नेता पौडेल रु ७०० ले ओरालो लाग्यो पहेंलो धातु मौसम सफा हुन अझै केही दिन लाग्ने एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’ चिसोले जनजीवन कष्टकर नुवाकोटको शिवपुरीमा काँग्रेसको बिरोध प्रर्दशन, बिरोध संगै चुनावको तयारीमा जुटन नेताहरुलाई सुझाब सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत जीप दुर्घटनामा दुईको मृत्यु, सात घाइते निर्वाचन केन्द्रित सुरक्षा रणनीति अपनाउन गृहसचिवको निर्देशन प्रतिनिधिसभा विघटन मुद्दा : आइतबार (आज) सुनुवाइ

स्वचालित पेस्तोलसहित शिक्षक पक्राउ

बुद्धबार, १० मंसिर २०७७, सगरमाथा पोष्ट.
पर्सा , वीरगञ्ज महानगरपालिकाबाट गए राति प्रहरीले स्वचालित पेस्तोलसहित एक शिक्षकलाई पक्राउ गरेको छ । ठाकुरराम बहुमुखी क्याम्पसमा लेक्चररको पदमा कार्यरत सर्लाही जिल्लाको बलरा नगरपालिका–१० निवासी जितेन्द्रप्रसाद सिंहलाई प्रहरीले वीरगञ्ज–वडा नं ११ दुर्गाटोलस्थित निजी निवासबाट अवैध हतियारसहित पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा दुर्गाटोलस्थित सिंहको घरमा छापा मारी खानतलासी गर्दा दराजको सेफ बक्समा लुकाइछिपाई राखिएको अवस्था पेस्तोल बरामद भएपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मञ्जित कुँवरले जानकारी दिनुभयो । उहाँले खोजतलासका क्रममा प्रहरीले अलमारीबाट पेस्तोलमा प्रयोग हुने म्यागजिन एक थान, नपड्काइएको गोली चार थान र व्यक्तिलाई बेहोस पार्ने एनेस्थेतिक इथर एक बोतल बरामद भएको बताउनुभयो । पक्राउ परेका शिक्षक सिंहलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । उनीमाथि हातहतियार तथा खरखजाना मुद्दा चलाउने तयारी भइरहेकोे प्रहरीले जनाएको छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू