काठमाण्डौं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सचिवमा निमित्त सचिब डा.योगेन्द्रकुमार कार्कीको नाम सिफारीस भएको छ ।
लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको सचिब बढुवा सिफारिस समितिको बैठकले सहसचिब मध्यका सबै सिनियर डा. कार्कीलाई सचिबमा बढुवा सिफारीस गर्ने निर्णय गरेको हो । लोकसेवाले सचिब बढुवाको लागि डा. कार्काीलाई मात्र सिफारीस गरेको छ ।
कृषि तथा वन सेवातर्फको एक सचिव पद रिक्त रहंदै आएको थियो । डा कार्की हाल मन्त्रालयको निमित्त सचिबको रुपमा कार्यरत रहनु भएको छ । बढुवा समितिको सिफारीसको आधारमा कार्कीको नाम आगामि मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्नेछ ।
निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन(८० प्रतिशत)का आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता (२० प्रतिशत)बाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था रहेको छ ।