Previous Version
Wednesday, Jan 20, 2021  |  बुद्धबार, ७ माघ २०७७   |  नेपाली समय लोड हुदैछ...
बोलेरो दुर्घटनामा एकको मृत्यु, पाँच घाइते पहिचान नखुलेका शवको अभिलेख राख्न आग्रह निगमले पहिलोपटक मकाउमा उडान गर्दै प्रतिनिधिसभा विघटन मुद्दाः प्रमलाई सहयोग गरेका अवस्थामा विघटन गर्न नपाइने तर्क देशको अर्थतन्त्र उकास्न साढे छ खर्ब लाग्ने ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान धार्मिक पर्यटनको केन्द्र बन्दै ‘शान्तिधाम’ पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न अध्यक्ष ओलीको निर्देशन प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको छ : मुख्यमन्त्री पौडेल घुरले ज्यान लिँदै प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर ललितपुर फुटबल सङ्घका अध्यक्षको निलम्बन फुकुवा ‘अनअराइभल भिसा’ सेवा सञ्चालन गर्न माग ऐतिहासिक साङ्ला पोखरी निर्माण माघ १५ बाट सिमकोटका विद्यालय सञ्चालनमा आउने

स्वतन्त्र न्यायपालिकाप्रति प्रतिबद्ध छौँ – अध्यक्ष दाहाल

मंगलवार, ९ मंसिर २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वतन्त्र न्यायपालिको गरिमामाथि आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभएको छ । अध्यक्ष दाहालको सचिवालयले आज एक प्रेस नोट प्रकाशित गरी गत कात्तिक २८ गते हाम्रो पार्टीको सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा प्रस्तुत गरिएको विषय स्वतन्त्र न्यायापालिकाको गरिमासँग सम्बन्धित नभएको उल्लेख गरेको छ । प्रेस नोटमा भनिएको छ, “न्यायपालिकाको मर्यादा र गरिमामाथि नभई बाहिर चर्चामा आएको विषयको आधारमा प्रधानमन्त्रीको न्यायपालिकासम्बन्धी धारणाबारे स्पष्ट हुन मात्र खोजेको र स्वतन्त्र न्यायपालिका र यसका सम्माननीय प्रमुखसँग त्यसको कुनै सम्बन्ध नरहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले स्पष्ट गर्नुभएको छ ।” अध्यक्ष दाहालले सचिवालयका अन्य सदस्यसहितको सहमतिमा राजनीतिक प्रस्ताव प्रस्तुत गरिएको थियो । नेकपाको सचिवालय बैठक यही कात्तिक १३ गते बस्ने कार्यक्रम छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू