Previous Version
Wednesday, Jan 20, 2021  |  बुद्धबार, ७ माघ २०७७   |  नेपाली समय लोड हुदैछ...
बोलेरो दुर्घटनामा एकको मृत्यु, पाँच घाइते पहिचान नखुलेका शवको अभिलेख राख्न आग्रह निगमले पहिलोपटक मकाउमा उडान गर्दै प्रतिनिधिसभा विघटन मुद्दाः प्रमलाई सहयोग गरेका अवस्थामा विघटन गर्न नपाइने तर्क देशको अर्थतन्त्र उकास्न साढे छ खर्ब लाग्ने ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान धार्मिक पर्यटनको केन्द्र बन्दै ‘शान्तिधाम’ पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न अध्यक्ष ओलीको निर्देशन प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको छ : मुख्यमन्त्री पौडेल घुरले ज्यान लिँदै प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर ललितपुर फुटबल सङ्घका अध्यक्षको निलम्बन फुकुवा ‘अनअराइभल भिसा’ सेवा सञ्चालन गर्न माग ऐतिहासिक साङ्ला पोखरी निर्माण माघ १५ बाट सिमकोटका विद्यालय सञ्चालनमा आउने

मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेशनबीच सम्झौता

मंगलवार, ९ मंसिर २०७७, सगरमाथा पोष्ट.
मोरङ,  प्रदेश नं १ सरकारअन्तर्गतको मोरङको बूढीगङ्गास्थित मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेशनबीच सीपमूलक तालिम तथा स्रोत केन्द्र सञ्चालनका लागि सोमबार यहाँ सम्झौता गरिएको छ । विश्वविद्यालयअन्तर्गतको विराटनगर महानगरपालिका–१४ स्थित विराट साइन्स क्याम्पसको भवनमा विभिन्न सीपमूलक तालिम सञ्चालन गर्न पाँच वर्षका लागि सम्झौता भएको छ । सामाजिक विकासमन्त्री तथा मनमोहन प्राविधिक विश्वविद्यालयका सहकुलपति जीवन घिमिरे, बूढीगङ्गा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझी, विश्वविद्यालयका प्रमुख सुवासश्री पोखरल, करुणा फाउण्डेशनका सहनिर्देशक योगेन्द्र गिरीलगायतको उपस्थितिमा सम्झौता गरिएको हो । सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशनको सहकार्यमा अपाङ्गता पुनःस्थापनासम्बन्धी विभिन्न सीपमूलक तालिम र विश्वविद्यालयका सीपमूलक तालिम सञ्चालनका लागि आगामी २०८२ भदौ मसान्तसम्मका लागि सम्झौता गरिएको विश्वविद्यालयका प्रशासन प्रमुख मदन प्रधानले जानकारी दिनुभयो । सम्झौतामा विराट साइन्स क्याम्पसको भवनमा तालिम तथा स्रोत केन्द्र सञ्चालनका लागि आवश्यक मर्मतकार्यका लागि करुणा फाउण्डेशनले रु ५० लाख खर्च गर्ने भएको छ । विराट साइन्स क्याम्पसको सम्पत्ति र दायित्व मनमोहन विश्वविद्यालयलाई गत भदौ ४ गते हस्तान्तरण गरिएको थियो । विराट साइन्स क्याम्पसका अध्यक्ष भूराज राईले करिब रु ४० करोडको सम्पत्ति तथा दायित्व विश्वविद्यालयका प्रमुख पोखरेललाई हस्तान्तरण गर्नुभएको थियो । सामाजिक विकासमन्त्री घिमिरेले मनमोहन प्राविधिक विश्वविद्यालय अहिले पाठ्यक्रम तयारीमा रहेकाले शैक्षिक कार्यक्रम सञ्चालन गर्न करिब एक वर्ष लाग्ने भएकाले तत्कालका लागि प्रदेश सरकारले सीपमूलक तालिम तथा स्रोत केन्द्र सञ्चालन गर्न लागेको बताउनुभयो । उहाँले सामाजिक विकास मन्त्रालय र मनमोहन प्राविधिक विश्वविद्यालयअन्तर्गतका तालिम विराट साइन्स क्याम्पसको भवनबाट शुरु गरिने जानकारी दिनुभयो । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू