Previous Version
Sunday, Jan 17, 2021  |  आईतवार, ४ माघ २०७७   |  नेपाली समय लोड हुदैछ...
सीमामा निरन्तर किचलो : ढलेका स्तम्भ उस्तै तत्कालीन प्रम कोइरालालाई जस्तो विघटन अधिकार वर्तमान प्रमलाई नभएको जिकिर ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार लोकतन्त्र र संविधानको रक्षाका लागि एक होऔँ : वरिष्ठ नेता पौडेल रु ७०० ले ओरालो लाग्यो पहेंलो धातु मौसम सफा हुन अझै केही दिन लाग्ने एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’ चिसोले जनजीवन कष्टकर नुवाकोटको शिवपुरीमा काँग्रेसको बिरोध प्रर्दशन, बिरोध संगै चुनावको तयारीमा जुटन नेताहरुलाई सुझाब सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत जीप दुर्घटनामा दुईको मृत्यु, सात घाइते निर्वाचन केन्द्रित सुरक्षा रणनीति अपनाउन गृहसचिवको निर्देशन प्रतिनिधिसभा विघटन मुद्दा : आइतबार (आज) सुनुवाइ जग्गाधनीलाई थाहै नदिई तीन कट्ठा जग्गा बेचेको खुलासा आज मिति २०७७ साल माघ ४ गते आइतबार , जनवरी १७, तपाँईको आजको दिन कस्तो हुनेछ ?

बूढानीलकण्ठमा एकादशी मेला नलाग्ने

मंगलवार, ९ मंसिर २०७७, सगरमाथा पोष्ट.
बूढानीलकण्ठ, हरेक वर्ष बूढानीलकण्ठ मन्दिरमा हरिबोधनी एकादशीको दिन लाग्दै आएको एकादशी मेला यस वर्ष नलाग्ने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड –१९ को जोखिमका कारण यस वर्ष हरिबोधनी एकादशी दिन लाग्ने मेला पूर्ण बन्द गरिएको छ । बूढानीलकण्ठमा प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म पाँच दिन विशेष मेला लाग्थ्यो । आषाढ शुक्ल एकादशीदेखि नै भक्तजन बढी मात्रामा नारायणस्थानमा दर्शन गर्न आउने भए पनि कार्तिक शुक्ल पक्षका पाँच दिन धेरै भीड लाग्ने गरेको थियो । यस वर्ष कोरोना भाइरसका कारण एकादशीदेखि पूर्णिमासम्म लाग्ने मेलामा पूर्ण रोक लगाइएको छ । आजदेखि यही मङ्सिर १५ गतेसम्म मन्दिर परिसर क्षेत्र बन्दसमेत गरिएको मन्दिरका स्वामी निगमानन्दले जानकारी दिनुभयो । सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी आगामी सोमबारसम्म नित्य पूजा मात्र गरी भक्तजनलाई दर्शन गर्न रोक लगाइएको बताइएको छ । आषाढ शुक्ल पूर्णिमाका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशीका दिन जागा हुने र चतुर्मासमा व्रत गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू