Previous Version
Sunday, Jan 17, 2021  |  आईतवार, ४ माघ २०७७   |  नेपाली समय लोड हुदैछ...
नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ३१ खर्ब सीमामा निरन्तर किचलो : ढलेका स्तम्भ उस्तै तत्कालीन प्रम कोइरालालाई जस्तो विघटन अधिकार वर्तमान प्रमलाई नभएको जिकिर ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार लोकतन्त्र र संविधानको रक्षाका लागि एक होऔँ : वरिष्ठ नेता पौडेल रु ७०० ले ओरालो लाग्यो पहेंलो धातु मौसम सफा हुन अझै केही दिन लाग्ने एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’ चिसोले जनजीवन कष्टकर नुवाकोटको शिवपुरीमा काँग्रेसको बिरोध प्रर्दशन, बिरोध संगै चुनावको तयारीमा जुटन नेताहरुलाई सुझाब सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत जीप दुर्घटनामा दुईको मृत्यु, सात घाइते निर्वाचन केन्द्रित सुरक्षा रणनीति अपनाउन गृहसचिवको निर्देशन प्रतिनिधिसभा विघटन मुद्दा : आइतबार (आज) सुनुवाइ जग्गाधनीलाई थाहै नदिई तीन कट्ठा जग्गा बेचेको खुलासा

थप एक हजार ९८० जनामा कोरोना सङ्क्रमण

सोमबार, ८ मंसिर २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, पछिल्लो २४ घण्टामा थप एक हजार ९८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ३८१ जनाको नमूना परीक्षण गर्दा एक हजार १९१ पुरुष र ७८९ महिला गरी कूल एक हजार ९८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएका हुन् । थपिएका कूल सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकामा मात्रै ९५७ जना छन् । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख २२ हजार २८८ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन हजार ४३ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख दुई हजार ६७ पुगेको छ । हाल मुलुकभर सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार ८८४ रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये होम आइसोलेशनमा १२ हजार २७१, अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा ३६५ र भेन्टिलेटरमा ६३ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ३३७ पुगेको मन्त्रालयले जनाएको छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू