Previous Version
Friday, Jan 22, 2021  |  शुक्रबार, ९ माघ २०७७   |  नेपाली समय लोड हुदैछ...
ठूलो परिमाणमा लागुऔषधसहित दुई पक्राउ अठार अर्ब राजस्व सङ्कलन वाग्मती प्रदेशसभाको बैठक आज बस्दै, अविश्वास प्रस्तावमाथि छलफल हुने नेपालमै चिनिँदैन अर्थोडक्स चिया निर्वाचन संवेदनशीलतालाई ध्यानमा राख्न निर्देशन गङ्गामायाको जीवनरक्षाका लागि संवेदनशील बन्न आग्रह आधा परिवारले हिउँ र जाडो छल्न गाउँ छाडे आज मिति २०७७ साल माघ ९ गते शुक्रबार , जनवरी २२ , तपाँईको आजको दिन कस्तो हुनेछ ? चुरे संरक्षणका नाममा दोहन गर्न पाइने छैन : वनमन्त्री निर्वाचन समाचारः मतदानस्थल र केन्द्रसंँगै मतदाता नामावली अद्यावधिक अभियान नेप्सेमा उछाल, बजार पूँजीकरण ३२ खर्ब २०४७ सालको संविधान पुनःस्थापनाको माग गर्दै देशभक्त प्रजातान्त्रिक गठबन्धनले माघ ११ गते माइतीघर मण्डलामा बृहत प्रदर्शन गर्ने प्रधानमन्त्रीज्यूले मलाई प्रमोट गरेर आर्थिक सल्लाहकार बनाउनुभयो, म उहाँलाई हरेक किसिमको सहयोग गर्छु : दुगड छ महिनामा साढे छ खर्बको आयात सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधिसभा विघटन भयो : प्रम

टोखाका कर्मचारी र जनप्रतिनिधिका कोरोना बीमा

सोमबार, ८ मंसिर २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, टोखा नगरपालिकाले ४४८ कर्मचारी, जनप्रतिनिधि र स्वयंसेवकको कोरोना बीमा गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखाले पछिल्लो समय बढ्दै गएको कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राख्दै तिनलाई रु एक लाख बराबरको बीमा गरेको हो । कोरोना बीमा गर्नेमा ६० जनप्रतिनिधि, १८२ कर्मचारी र २०६ कोभिड स्वयंसेवक छन् । नगरपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख ज्ञानबहादुर अधिकारीले टोखाका सबै जनप्रतिनिधि, कर्मचारी र कोभिड स्वयंसेवकको रु एक लाख बराबरको कोरोना बीमा गरिएको जानकारी दिनुभयो । टोखाले कोरोना बीमाका लागि रु दुई लाख ३५ हजार ६६० खर्च गरेको छ । यस्तै नगरपालिकाले हालसम्म कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि रु चार करोड ७५ हजार ७७३ खर्च गरेको छ । टोखाले विपन्न परिवारको राहतका लागि रु एक करोड ४१ लाख ११ हजार ३६५, कन्ट्याक ट्रेसिङका लागि रु ३५ हजार, स्वयंसेवक, खाना तथा खाजा र अनुगमनका लागि रु १७ लाख ९८ हजार ३७० र होम आइसोलेशन पोषण भत्ताका लागि रु २६ लाख ४० हजार ३०० खर्च गरेको छ । यस्तै प्राविधिक र सुरक्षाकर्मी सरसफाइ पारिश्रमिक रु पाँच लाख ४३ हजार ५०२, सूचना सन्देश प्रसारणका लागि रु चार लाख २९ हजार ७८६, आइसोलेशन सामग्रीका लागि रु २६ लाख ८४ हजार ७१८, आइसोलेशन वार्डमा शय्या खर्च रु नौ लाख ६६ हजार ८०५, आइसोलेशन र क्वारेन्टिनमा खाना तथा खाजाका लागि रु १३ लाख ७८ हजार ३८२ र जोखिम प्रोत्साहन भत्ताका लागि रु एक करोड ८० हजार ९७९ खर्च भएको छ । यसैगरी ह्याण्ड वास स्टेशन निर्माणका लागि रु सात लाख ३२ हजार ३२१, मास्क, क्लोरिन, स्यानिटाइजर, पिपिइ र थर्मल गन खरीदका लागि रु ३५ लाख ८१ हजार ८८६, सर्जिकल सामान खरीदका लागि रु चार लाख ९९ हजार ९६८, चीन सरकारबाट प्राप्त सामानको भन्सार खर्चका लागि रु दुई लाख ६ हजार ७३१ र पिसिआर ल्याब शुल्कका लागि रु एक लाख ५० हजार खर्च भएको आर्थिक शाखा प्रमुख अधिकारीले बताउनुभयो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई ध्यानमा राखेर पिसिआर परीक्षण र नगरवासीको उपचारलाई विशेष ध्यान दिइएको बताउनुभयो । टोखाले कोभिड–१९ का बिरामीको उपचारका लागि टोखामा आइसोलेशन सेन्टर स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू