Previous Version
Friday, Jan 22, 2021  |  शुक्रबार, ९ माघ २०७७   |  नेपाली समय लोड हुदैछ...
वाग्मती प्रदेशसभाको बैठक आज बस्दै, अविश्वास प्रस्तावमाथि छलफल हुने नेपालमै चिनिँदैन अर्थोडक्स चिया निर्वाचन संवेदनशीलतालाई ध्यानमा राख्न निर्देशन गङ्गामायाको जीवनरक्षाका लागि संवेदनशील बन्न आग्रह आधा परिवारले हिउँ र जाडो छल्न गाउँ छाडे आज मिति २०७७ साल माघ ९ गते शुक्रबार , जनवरी २२ , तपाँईको आजको दिन कस्तो हुनेछ ? चुरे संरक्षणका नाममा दोहन गर्न पाइने छैन : वनमन्त्री निर्वाचन समाचारः मतदानस्थल र केन्द्रसंँगै मतदाता नामावली अद्यावधिक अभियान नेप्सेमा उछाल, बजार पूँजीकरण ३२ खर्ब २०४७ सालको संविधान पुनःस्थापनाको माग गर्दै देशभक्त प्रजातान्त्रिक गठबन्धनले माघ ११ गते माइतीघर मण्डलामा बृहत प्रदर्शन गर्ने प्रधानमन्त्रीज्यूले मलाई प्रमोट गरेर आर्थिक सल्लाहकार बनाउनुभयो, म उहाँलाई हरेक किसिमको सहयोग गर्छु : दुगड छ महिनामा साढे छ खर्बको आयात सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधिसभा विघटन भयो : प्रम १६५ लैङ्गिक विभेदमा आधारित हिंसाका घटना इजरायलमा केयर गिभरमा लैजाने बाटो खुला

चक्रपथ दोस्रो खण्ड विस्तारः खाली गर्ने काम ९७ प्रतिशत

सोमबार, ८ मंसिर २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, चक्रपथको दोस्रो खण्ड कलङ्की– धोबीखोला (गोपीकृष्ण हल नजीकसम्मको सडक) विस्तारका लागि निर्माणस्थल खाली गर्ने काम ९७ प्रतिशत सकिएको छ । चीन सरकारले निर्माण शुरु गर्नु पहिले निर्माणस्थल खाली गरिसक्ने गरी सडकको अधिकार क्षेत्रमा रहेका संरचना हटाउने काम भइरहेको छ । सो सडकखण्डमा रहेका १९ घर हटाउने काम सबैभन्दा कठिन रहेको छ । तीमध्ये अहिलेसम्म आठ घरका घरधनी सम्पर्कमा आएको काठमाडौँ चक्रपथ सडक योजनाका प्रमुख अर्जुन सुवालले बताउनुभयो । उहाँका अनुसार ती घरको मुआब्जा निर्धारणका लागि बनेको उपसमिति दशैँ पहिले काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको नेतृत्वमा रहेको मुआब्जा निर्धारण समितिसँग बैठकमा बसेको थियो । तिहार पहिले प्रजिअ दाहाललाई कोभिड सङ्क्रमण देखिएकाले केही समयसम्म बैठक बस्न नसकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “छिट्टै बैठकमार्फत मुआब्जाको विषय टुङ्ग्याएर अघि बढ्नेछौँ ।” अहिले वडा कार्यालयबाट ती घरको विवरण मागिएकाले त्यसैका आधारमा मूल्याङ्कन गरेर काम अघि बढ्ने जनाइएको छ । नेपाल विद्युत् प्राधिकरणले हाइटेन्सन पोललाई मोनो पोल बनाएर हटाउन लागेको पनि सुवालले जानकारी दिनुभयो । सानो भ¥याङ र कारखाना चोकमा बालाजुतर्फ जाने विद्युत्का लागि मोनो पोल बनाउन लागिएको हो । उहाँले भन्नुभयो, “प्राधिकरणले ठेक्का निकाल्न लागेको छ, दुई महिनामा सकाउने तयारी छ ।” काठमाडौँ महानगरपालिकाले स्वयम्भू नजीकै रहेको चैत्य स्थानान्तरणका लागि प्रक्रिया अघि बढाएको छ । कामपाले ठेक्का अघि बढाएकाले केही समयमा सडकको अधिकार क्षेत्र खाली हुने उहाँको भनाइ छ । आयोजनाले यसअघि नै सडकमा रहेका रुख काट्न र बिजुलीका खम्बा हटाउने काम गरिसकेको छ । खम्बा सारेर पनि तार तान्न बाँकी रहेकाले अब चाँडै अघि बढाइने उहाँले बताउनुभयो । दुई महिना पहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सो सडकमा बाँकी संरचना हटाउनका लागि समन्वय गर्न विभिन्न निकायका प्रतिनिधिसँग बैठक गरेर जिम्मेवारी बाँडफाँट गरिएको थियो । चक्रपथको पहिलो खण्ड (कोटेश्वर–कलङ्की सडक) मा निर्माणका क्रममा विभिन्न अवरोध आएकाले चिनियाँ पक्षले निर्माणस्थल खाली भएपछि मात्रै काम शुरु गर्ने बताएको छ । कोटेश्वर–कलङ्की सडक निर्माण गरिएसँगै चीन सरकारले चक्रपथको दोस्रो खण्डका रुपमा कलङ्की–महाराजगञ्ज सडक विस्तारमा चासो देखाएको थियो । गोरखा भूकम्प पहिले नै कोटेश्वर–कलङ्की सडक विस्तारको काम शुरु भए पनि भूकम्प र त्यसपछि नाकाबन्दीका कारण समयमै निर्माण सम्पन्न हुन सकेको थिएन । सडकमा रहेका खानेपानीका पाइप, ढल, बिजुलीका खम्बा र रुख समयमै हटाउन नसकिएकाले पनि काममा बाधा पुगेको थियो । त्यतिबेला निम्तेका समस्या पहिले सल्टाएर मात्रै काम शुरु गर्न चिनियाँ टोलीले चाहेको छ । चक्रपथ दोस्रो खण्डमा दुई ‘अण्डर पास’, प्रत्येक किलोमिटरमा आकाशे पुल र मुख्य लेनका बीचमा डिभाइडर हुने गरी सडक विभागले प्रस्ताव गरेको छ । झण्डै आठ किलोमिटर लम्बाइको सडक विस्तारका लागि सरकारले सकेसम्म चाँडो निर्माणस्थल खाली गरेर हस्तान्तरण गर्ने गरी तयारी गरिरहेको छ । पहिलो चरणको विस्तारमा रहेको कमजोरी हुन नदिने गरी डिजाइन गरिएको विभागले जनाएको छ । आठ लेनको सडकमा कोटेश्वर–कलङ्की सडकमा जस्तै मुख्य चार र सहायक चार गरेर जम्मा आठ लेन नै रहने बताइएको छ । पहिलो चरणमा मुख्य सडकमा दायाँबायाँ सडक चिह्नले मात्रै छुट्याइएकामा अब डिभाइडर राखिने भएको छ । बालाजु चोकमा ‘ओभर पास’ र महाराजगञ्ज चोकमा ‘अण्डर पास’ निर्माण गरिने भएको छ । आठ लेनको सडकमा चार लेन अण्डरपास र चार लेन माथिल्लो सडकमा हुनेछ । सो सडकमा पैदलयात्रुलाई सडक पार गर्न प्रत्येक किमीमा एउटा आकाशे पुल निर्माण हुने भएको छ । सो सडकखण्डमा नौ आकाशे पुल निर्माण हुने गरी डिजाइन भएको छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू