Previous Version
Sunday, Jan 17, 2021  |  आईतवार, ४ माघ २०७७   |  नेपाली समय लोड हुदैछ...
सीमामा निरन्तर किचलो : ढलेका स्तम्भ उस्तै तत्कालीन प्रम कोइरालालाई जस्तो विघटन अधिकार वर्तमान प्रमलाई नभएको जिकिर ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार लोकतन्त्र र संविधानको रक्षाका लागि एक होऔँ : वरिष्ठ नेता पौडेल रु ७०० ले ओरालो लाग्यो पहेंलो धातु मौसम सफा हुन अझै केही दिन लाग्ने एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’ चिसोले जनजीवन कष्टकर नुवाकोटको शिवपुरीमा काँग्रेसको बिरोध प्रर्दशन, बिरोध संगै चुनावको तयारीमा जुटन नेताहरुलाई सुझाब सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत जीप दुर्घटनामा दुईको मृत्यु, सात घाइते निर्वाचन केन्द्रित सुरक्षा रणनीति अपनाउन गृहसचिवको निर्देशन प्रतिनिधिसभा विघटन मुद्दा : आइतबार (आज) सुनुवाइ जग्गाधनीलाई थाहै नदिई तीन कट्ठा जग्गा बेचेको खुलासा आज मिति २०७७ साल माघ ४ गते आइतबार , जनवरी १७, तपाँईको आजको दिन कस्तो हुनेछ ?

मङ्सिर ८ गते सोमबार ,नोभेम्बर २३ तपाँईको आजको दिन कस्तो हुनेछ ?

सोमबार, ८ मंसिर २०७७, सगरमाथा पोष्ट.
काठमाण्डौं । आज मिति २०७७ साल मङ्सिर  ८ गते सोमबार। तदनुसार नोभेम्बर  २३   । नेपाल संवत ११४० ।
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ
रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। साथीभाइबाट बढी फाइदा लिने समय छ ।लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला । मिहिनेतले व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ।

वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आफ्नै सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्नेछन्। सानो प्रयत्नले ठूलो काम बन्न सक्छ।कामले सम्मानित स्थान दिलाउनेछ। प्रशंसकहरू बढ्नेछन् र सहयोगीहरू जुट्नेछन्। विद्या र बुद्धिको विकास हुनेछ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ। पारिवारिक जमघटमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह
रोकिएका काम सम्पादन हुनेछन् । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । रचनात्मक काममा जुट्ने समय छ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । सामाजिक क्षेत्रको काम अघी बढ्नेछ र उपकारमा मन जानेछ । समय लागे पनि तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । स्वास्थ्य विग्रने भएछ, सचेत रहनुहोला ।
फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। बसाइको स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना छ। साँझतिर अधुरो काम बन्नेछ र रमाइलो भेटघाट पनि हुनेछ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे
खर्च लागे पनि प्रतीक्षा गरिएको काम बन्नेछ। आज घरपरिवार संग रमाईलो तरिकाले समय बित्नेछ । मेहनतीहरूकालागि दिन फलदायी रहनेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ।श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। दाम कमाउने बेला छ। साँझतिर यात्राको प्रसंगमा खर्च हुन सक्छ। धनमाल सुरक्षामा सतर्कता अपनाउनुहोला।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अरूलाई प्रभावित पारेर लाभ उठाउने समय छ। आज शुभकार्यको चर्चा चल्नेछ । एकपछि अर्को अवसर र सफलताले मन प्रसन्न रहनेछ । विशेष भेटघाटले उत्साह बढाउनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। व्यापारमा मनग्ये धनलाभ हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। रोकिएको काम बन्नाले जिम्मेवारी पनि बढ्नेछ।
 
तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते
मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ । अवसरको खोजीमा केही दौडधुप समेत गर्नुपर्ला । आज आकस्मिक नयाँ कार्यको योजना बन्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सन्तान सुखपनि मिल्नेछ । साँझतिर केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने परिस्थिति आउन सक्छ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु
कामले सम्मानित स्थान दिलाउने छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ। आज सन्तानपक्षको मायामा कमी आउनसक्छ । सहकर्मीबाट विरोध आउला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्।सहयोगीहरूको माध्यमबाट राम्रै फाइदा हुनेछ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
केही कठोर निर्णय लिनुपरे पनि टाढिएका आफन्त नजिकिनेछन्। आज मनपर्ने खानाको परिकार खान पाईनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । साँझतिर व्याहारिक अलमलले आँटेका काममा बाधा पुर्याउनेछ। अप्रिय समाचारले चिन्तित तुल्याउन सक्छ। बिछोडिएका परिवारजनसँग भेटवार्ताको संयोग जुर्नेछ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि
पुरुषार्थी काम सिद्ध गर्ने समय छ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। आज सेवामूलक कार्यबाट सफलता मिल्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ ।प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे लाभ हुनेछ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द
गुरुजनको सहयोगले बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सफल भइनेछ। आज व्यापार र व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । साँझतिर केही फजुल खर्च बढ्न सक्छ। विवाद तथा मुद्दाहरूमा अलि होसियार रहनुपर्नेछ। ऋण, शत्रु र रोगबाट विशेष सजग रहनुपर्ला।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सानो प्रयत्नले ठूलो काम बन्न सक्छ। साँझतिर बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। कामले सम्मानित स्थान दिलाउनेछ। आज मानशीक चिन्तन बढ्ने र केही तनाव बढेको महसुस हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा अवरोध र मनमुटाव बढ्न सक्छ ।अरूको फाइदाका लागि उपयोग भइएला। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला।

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू