Previous Version
Sunday, Jan 17, 2021  |  आईतवार, ४ माघ २०७७   |  नेपाली समय लोड हुदैछ...
आयोगद्वारा राजनीतिक दलसँग परामर्श नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ३१ खर्ब सीमामा निरन्तर किचलो : ढलेका स्तम्भ उस्तै तत्कालीन प्रम कोइरालालाई जस्तो विघटन अधिकार वर्तमान प्रमलाई नभएको जिकिर ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार लोकतन्त्र र संविधानको रक्षाका लागि एक होऔँ : वरिष्ठ नेता पौडेल रु ७०० ले ओरालो लाग्यो पहेंलो धातु मौसम सफा हुन अझै केही दिन लाग्ने एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’ चिसोले जनजीवन कष्टकर नुवाकोटको शिवपुरीमा काँग्रेसको बिरोध प्रर्दशन, बिरोध संगै चुनावको तयारीमा जुटन नेताहरुलाई सुझाब सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत जीप दुर्घटनामा दुईको मृत्यु, सात घाइते निर्वाचन केन्द्रित सुरक्षा रणनीति अपनाउन गृहसचिवको निर्देशन प्रतिनिधिसभा विघटन मुद्दा : आइतबार (आज) सुनुवाइ

अपि पावरको साधारणसभा भोली सोमबार हुँदै, दुई बर्षको बोनस सेयर सहित यस्ता छन एजेण्डा

आईतवार, ७ मंसिर २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ - अपि पावर कम्पनी लिमिटेडकाे सोह्रौँ र सत्रौँ वार्षिक साधारण सभा भाेलि (मंसिर ८ गते, साेमबार) भर्चुअल माध्यमबाट हुने भएको छ ।
कम्पनीको कार्तिक १४ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा  कम्पनीको प्रधान कार्यालय, ट्रेड टावर, थापाथली, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा आर्थिक वर्ष २०७५/७६ को खुद मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र आर्थिक वर्ष २०७६/७७ को खुद मुनाफाबाट चुक्ता पूँजीको ९ प्रतिशत गरी कुल १४ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यसका साथै, आर्थिक वर्ष २०७५/७६ को बोनस शेयरको कर प्रयोजनको लागि ०.२६ प्रतिशत र आर्थिक वर्ष २०७६/७७ को बोनस शेयरको कर प्रयोजनको लागि ०.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि रहेकाे छ ।

यस्तै, कम्पनीले १६औँ वार्षिक साधारण सभा प्रयोजनको लागि २०७६ साल चैत्र १ गतेदेखि चैत्र ७ गतेसम्म बुकक्लोज गरेकाे थियाे । त्यसैले, चैत्र १ गतेभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र आर्थिक वर्ष २०७५/७६ को बोनस शेयर प्राप्त गर्न सक्नेछन् । त्यस्तै, १७औँ वार्षिक साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर १ गतेदेखि ७ गतेसम्म बुकक्लोज गरेकाे छ । त्यसैले, कार्तिक २७ गते बिहीबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरु तथा १६ औँ वार्षिक साधारण सभामा प्रस्तावित ५ प्रतिशतका दरले लाभांश प्राप्त गर्ने शेयरधनीहरुले आर्थिक वर्ष २०७६/७७ को खुद मुनाफा प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी, सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६  र २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/७६  र २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७५/७६  र २०७६/७७  को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरीनेछ ।
5f9e1b69837d4.jpg

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू