Previous Version
Thursday, Feb 25, 2021  |  बिहीवार, १३ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
फैसलाले मुलुकलाई सङ्कटबाट जोगायो : वरिष्ठ नेता पौडेल दृढताका साथ समृद्धिको यात्रामा अघि बढ्नेछु : प्रधानमन्त्री ॐ अस्पतालको मेडिकल डाइरेक्टरमा डा. हरिश जोशी नियुक्त नेपाल किराँत राई संघ केन्द्रीय समितिको तदर्थ समिति गठन, सभापतिमा धर्मराज राई महासंघ प्रतिनिधी मण्डल र श्रम मन्त्री बीच भेटवार्ता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले राजिनामा दे भन्दैमा प्रधानमन्त्रीले राजिनामा नदिने स्पष्ट पार्नुभयो । ‘प्रधानमन्त्रीले संकटकाल लगाउन सक्दैनन्, कुनैपनि नयाँ प्रकारको शासन गर्ने वैद्यता नै छैन्’ ‘संवैधानिक नियुक्तीहरु सबै खारेज हुन्छन्’ खोप लगाउने सङ्ख्या लक्ष्यभन्दा आधा कम सुदूरपश्चिम प्रदेश : सरकार गठनको तीन वर्ष सभा छाडेर काठमाडौँ फर्कनुभयो अध्यक्षद्वय नेता गौतमद्वारा सचिवालय बैठक बोलाउन माग जस्तोसुकै परिस्थिति आए पनि सामना गर्न तयार : प्रधानमन्त्री प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसला शेयर बजारमा करेक्सन, नेप्सेमा दोहोरो अङ्कको गिरावट डिजिटल अनुगमन प्रणाली : ढुृवानीमा कैफियत गर्नेलाई धमाधम समाइँदै

गोपीचन्द्र पार्की टोकियो ओलम्पिकका लागि छनोट

आईतवार, ७ मंसिर २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, सशस्त्र प्रहरी बलको एपीएफ क्लबका गोपीचन्द्र पार्की सन् २०२१ मा जापानको टोकियोमा आयोजना हुने ओलम्पिकका लागि नेपालबाट छनोट हुनुभएको छ । बाँकेको नेपालगञ्जमा शनिबार सम्पन्न म्याराथन उपाधि जितेसँगै पार्की टोकियो ओलम्पिकका लागि छनोट हुनुभएको हो । पार्कीले छैटौँ धारा नेपालगञ्ज म्याराथनको उपाधि जित्नुभएको हो । पार्कीले गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा पाँच हजार मिटर दौडमा स्वर्ण पदक जित्नुभएको थियो । पच्चीस खेलाडीे सहभागी म्याराथनमा पार्कीले निर्धारित ४२ दशमलव १९५ किलोमिटरको दूरी दुई घण्टा १८ मिनेट ५९ सकेन्डमा पूरा गर्नुभएको थियो । नेपाली सेनाका कृष्ण बस्नेत दोस्रो हुनुभयो । उहाँले दुई घण्टा २० मिनेट ४९ सेकेन्डमा दौड पूरा गर्नुभयो । नेपाली सेनाकै खगेन्द्र भाट दुई घण्टा २७ मिनेट २८ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो हुनुभयो । पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु ७५ हजार, रु ३० हजार तथा रु १० हजार पुरस्कार प्राप्त गर्नुभएको आयोजक संस्था क्रिएटिभ ह्यान्ड्सका अध्यक्ष टिएस ठकुरीले जानकारी दिनुभयो । कोरोना भाइरसको महामारीका कारण अन्य प्रतियोगिता आयोजना हुन नसक्दा नेपाल ओलम्पिक कमिटी (एनओसी)ले नेपालगञ्ज म्याराथनको विजेतालाई टोकियो ओलम्पिकमा सहभागिता गराउने निर्णय गरेको थियो । यसैगरी महिला हाफ म्याराथनको उपाधि एपीएफ क्लबकी पुष्पा भण्डारीले जित्नुभयो । तेह्रौँ सागको हाफ म्याराथनमा रजत पदक जित्नुभएकी पुष्पाले निर्धारित दूरी एक घण्टा २६ मिनेट ५४ सेकेन्डमा पूरा गर्नुभयो । उहाँले रु ३० हजार पुरस्कार प्राप्त गर्नुभयो । यस्तै कर्णाली प्रदेशकी मञ्जु रावत एक घण्टा ३० मिनेट ७ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो हुनुभयो भने शर्मिला घर्तीले एक घण्टा ३८ मिनेट १४ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गर्नुभयो । रावत र घर्तीले क्रमशः रु १५ हजार र रु १० हजार पुरस्कार प्राप्त गर्नुभयो । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू