Previous Version
Wednesday, Nov 25, 2020  |  बुद्धबार, १० मंसिर २०७७   |  नेपाली समय लोड हुदैछ...
मङ्सिर १० गते बुधबार ,नोभेम्बर २५ तपाँईको आजको दिन कस्तो हुनेछ ? महिला हिंसा अन्त्यका लागि जनचेतना र कानूनी कारवाहीमा राष्ट्रपतिको जोड प्रमाणित हुनेबित्तिकै नेपालीले खोप पाउँछन् : मन्त्री ढकाल घुस लिएको अभियोगमा मुद्दा स्वतन्त्र न्यायपालिकाप्रति प्रतिबद्ध छौँ – अध्यक्ष दाहाल पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन पहल नेप्से नयाँ उचाइमाः दोहोरो अङ्कको वृद्धि प्रहरीलाई थप जवाफदेही बनाउन टेलिफोन संवाद कार्यक्रम बोलपत्रमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग सुनको मूल्य रु एक हजार ८०० ले ह्रास त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने कास्कीमा सञ्चालित क्रसर उद्योग मापदण्डविपरीत मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेशनबीच सम्झौता घुन्साको विकासका लागि पूर्वाधार निर्माण गरिने छः प्रधानमन्त्री बूढानीलकण्ठमा एकादशी मेला नलाग्ने

१५ श्ययाको अस्पताल सञ्चालन

शनिबार, ६ मंसिर २०७७, सगरमाथा पोष्ट.
जाजरकोट, पश्चिम जाजरकोटको छेडागाड नगरपालिकाले १५ श्ययाको स्वास्थ्य संस्था सञ्चालनमा ल्याएको छ । स्वास्थ्य सेवाको पहुँचमा नआएको पश्चिम जाजरकोटमा यो सेवा सञ्चालनसँगै यहाँका जनसाधारणले स्वास्थ्य सेवा पाउने अपेक्षा लिएका छन् । सेवा सञ्चालन गर्नका लागि नगरकै तर्फबाट अस्थायीरुपमा संरचना निर्माण गरी कामको शुरुआत गरिएको नगरप्रमुख लालबहादुर महताराले जानकारी दिनुभयो । सङ्घीय सरकारको रु एक करोड र थप नगरपालिकाकै लगानीमा अस्पताल निर्माणको काम केही दिनमै शुरु हुने प्रमुख महताराले जानकारी दिनुभयो । केही दिनमै चिकित्सकको विज्ञापन गरी अस्पतालमा सेवा दिइने छ । अहिले सदरमुकामस्थित जिल्ला अस्पतालबाट चिकित्सकलाई ल्याएर सेवा दिन लागिएको छ । एक मेडिकल अधिकृत, दुई नर्ससहित १५ जना कार्यरत रहने छन् । ल्याब, एक्सरे सेवासमेत सञ्चालनमा आउने बताएको छ । तीन सय ९६ स्थानीय तहमा स्वास्थ्य संस्था निर्माणका लागि सरकारले घोषणा गरी काम शुरु गरिएको स्वास्थ्य राज्यमन्त्री नवराज रावतले जानकारी दिनुभयो । १५ मङ्सिरमा सबै स्वास्थ्य संस्थाको उद्घाटन एकै पटक गरिने मन्त्री रावतले जानकारी दिनुभयो । देशैभरिमा छेडागाड नगरपालिकाले पहिलोपटक नगर अस्पताल उद्घाटन गरेर सबैलाई उछिनेको छ । पन्ध्र श्ययाको अस्पतालमा रु १५ करोड बजेट सरकारले पठाउने तयारी गरिरहेको मन्त्री रावतले जानकारी दिनुभयो । देशका सातै प्रदेशमा सरुवा रोग अस्पताल निर्माणका लागि रु २५ करोड बजेट पठाएको समेत उहाँले बताउनुभयो । स्वास्थ्य मन्त्रालयले निकै काम गरेको तर केही मान्छेले सो काम नदेखेको मन्त्री रावतको भनाइ थियो । कर्णालीका अधिकांश ठाउँमा ५० श्ययाको अस्पताल सञ्चालन गर्ने तयारीमा रहेको बताइएको छ । छेडागाड नगरपालिका, शिवालय गाउँपालिका र जुनिचाँदे गाउँपालिका पश्चिम जाजरकोटमा पर्दछन् । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू