Previous Version
Wednesday, Nov 25, 2020  |  बुद्धबार, १० मंसिर २०७७   |  नेपाली समय लोड हुदैछ...
महिला हिंसा अन्त्यका लागि जनचेतना र कानूनी कारवाहीमा राष्ट्रपतिको जोड प्रमाणित हुनेबित्तिकै नेपालीले खोप पाउँछन् : मन्त्री ढकाल घुस लिएको अभियोगमा मुद्दा स्वतन्त्र न्यायपालिकाप्रति प्रतिबद्ध छौँ – अध्यक्ष दाहाल पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन पहल नेप्से नयाँ उचाइमाः दोहोरो अङ्कको वृद्धि प्रहरीलाई थप जवाफदेही बनाउन टेलिफोन संवाद कार्यक्रम बोलपत्रमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग सुनको मूल्य रु एक हजार ८०० ले ह्रास त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने कास्कीमा सञ्चालित क्रसर उद्योग मापदण्डविपरीत मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेशनबीच सम्झौता घुन्साको विकासका लागि पूर्वाधार निर्माण गरिने छः प्रधानमन्त्री बूढानीलकण्ठमा एकादशी मेला नलाग्ने न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि हुने गरी काम गर्न प्रधानन्यायाधीशको आग्रह

अत्यावश्यकबाहेक पोखरा महानगरको सेवा एक साता स्थगित

शनिबार, ६ मंसिर २०७७, सगरमाथा पोष्ट.
कास्की,  पोखरा महानगरपालिका कार्यालयले प्रदान गर्र्ने अत्यावश्यकबाहेकका सेवा एक साता स्थगन गरिएको छ । महानगरपालिकाले आज सूचना जारी गरी महानगरमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएकाले अत्यावश्यकबाहेकका सेवा यही मङ्सिर १२ गतेसम्म स्थगन गरिएको जनाएको छ । महानगरका एक तिहाइ कर्मचारीबाट सेवा प्रवाह गर्नुपर्ने भएकाले जरुरी र अत्यावश्यक काम नपरी महानगर तथा वडा कार्यालयमा नआउन सेवाग्राहीलाई आग्रह गरिएको छ । महानगरका प्रवक्ता धनबहादुर नेपालीले उपप्रमुख मञ्जुदेवी गुरुङसहित प्रमुखको सचिवालय, प्रशासन, लेखालगायत शाखा कार्यालयका गरी २७-२८ कर्मचारी कोभिड–१९ सङ््क्रमित भएकाले सेवा प्रभावित भएको र एक साता सेवा बन्द गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “उपप्रमुख आफँै सङ्क्रमित हुनुहुन्छ, प्रमुखको सचिवालयलगायत अन्य महत्वपूर्ण शाखाका कर्मचारीमा कोरोना पुष्टि भएकाले मङ्सिर १२ सम्मलाई जरुरी काम नपरी सेवाग्राहीलाई कार्यालय नआउनुहोस् भनेर सूचना जारी गरेका छौँ ।” महानगरको बिहीबार बसेको कार्यपालिका बैठकले शुक्रबार सार्वजनिक बिदा दिने र एक साता जरुरीबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । यसैगरी महानगरपालिकाको पशु सेवा शाखाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । कर्मचारीमा कोरोना सङ्क्रमण र अन्य कन्ट्याक ट्रेसिङका परेका कारण सेवा बन्द गरिएको शाखा प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू