Previous Version
Wednesday, Nov 25, 2020  |  बुद्धबार, १० मंसिर २०७७   |  नेपाली समय लोड हुदैछ...
महिला हिंसा अन्त्यका लागि जनचेतना र कानूनी कारवाहीमा राष्ट्रपतिको जोड प्रमाणित हुनेबित्तिकै नेपालीले खोप पाउँछन् : मन्त्री ढकाल घुस लिएको अभियोगमा मुद्दा स्वतन्त्र न्यायपालिकाप्रति प्रतिबद्ध छौँ – अध्यक्ष दाहाल पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन पहल नेप्से नयाँ उचाइमाः दोहोरो अङ्कको वृद्धि प्रहरीलाई थप जवाफदेही बनाउन टेलिफोन संवाद कार्यक्रम बोलपत्रमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग सुनको मूल्य रु एक हजार ८०० ले ह्रास त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने कास्कीमा सञ्चालित क्रसर उद्योग मापदण्डविपरीत मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेशनबीच सम्झौता घुन्साको विकासका लागि पूर्वाधार निर्माण गरिने छः प्रधानमन्त्री बूढानीलकण्ठमा एकादशी मेला नलाग्ने न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि हुने गरी काम गर्न प्रधानन्यायाधीशको आग्रह

थप एक हजार ९४५ मा सङ्क्रमण

शुक्रबार, ५ मंसिर २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ , देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ९४५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा पछिल्लो समय १० हजार ३४० जनाको स्वास्थ्य परीक्षण गर्दा ७४० महिला र एक हजार २०५ पुरुष गरी उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख १६ हजार ९६५ पुगेको छ । पछिल्लो समय थप पाँच हजार ३६४ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या पनि एक लाख ९९ हजार दुई पुगेको छ । निको हुने दर ८८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर २४ हजार ६६५ सक्रिय सङ्क्रमित छन् । यो कूल सङ्क्रमितको ११.४ प्रतिशत हो । देशभर ७५३ जना क्वारेन्टिनमा र १९ हजार १४ होम आइसोलेशनमा छन् । सङ्क्रमितमध्ये ४०३ जनाको सघन उपचार कक्ष र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थप २२ को मृत्यु हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार २९८ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप २२ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यकामा एक हजार १०७ थपिए पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा एक हजार १०७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । जसमा ४८४ महिला र ६२३ पुरुष रहेका छन् । मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार अहिलेसम्ममा काठमाडौँमा एक हजार ६८१, ललितपुरमा दुई हजार २२८ र भक्तपुरमा ७८३ जना सक्रिय सङ्क्रमित रहेका छन् । हालसम्ममा काठमाडौँ उपत्यकाकै सबैभन्दा बढी काठमाडौँमा ३१६, भक्तपुरमा ८३ र ललितपुरमा ८९ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । हाल देशका १२ जिल्लामा ५०० भन्दाबढी सङ्क्रमित उपचाररत छन् भने एक मात्र जिल्ला मनाङ सङ्क्रमणमुक्त रहेको छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू