Previous Version
Saturday, May 15, 2021  |  शनिबार, १ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
घरमा अक्सिजन सिलिण्डर नराख्न मन्त्रालयको आग्रह आठ हजार सङ्क्रमित थपः निकोदर ७४ प्रतिशत भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग सम्झौता तारकेश्वर काँग्रेसले साङलाको आइसोलेसनका लागि अक्सीजन सिलिण्डर सहित डक्टरको व्यवस्था गर्ने नयाँ सरकार गठनसँगै सबै निकाय कोभिडविरुद्ध सक्रिय अक्सिजन अभावले वीरको नयाँ भवन सञ्चालनमा समस्या पिसिआर टेष्ट गरेर मात्र नेपाल जान कोलकाता महावाणिज्यदूतावासको आग्रह रातो मच्छिन्द्रनाथको रथ तानिँदै मनाङमा कोरोना सङ्क्रमितको उपचारमा समस्या समयमानै तयारी गर्न नसक्दा तोकिए भन्दा आधा कम बेड सहित तारकेश्वरको साङलामा आइसोलेसन सञ्चालन हुने हेटौँडा अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर फौजीकिराले मकैबाली नष्ट सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा एमाले विवाद समाधान गर्न कार्यदल गठन गरिने

३३ एसएसपीको सरुवा,कस्को सरुवा कहाँ ?

शुक्रबार, ५ मंसिर २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ । गृहमन्त्रीस्तरको आजको निर्णयअनुसार यही सात गतेदेखि लागू हुने गरी एसएसपीको सरुवा गरिएको छ । जसअनुसार प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध नियन्त्रण महाशाखाका एसएसपी अशोक सिंहलाई महानगरीय प्रहरी परिसर काठमाडौँको प्रमुखमा सरुवा गरिएको छ । उक्त स्थानमा परिसरका प्रमुख श्यामलाल ज्ञवालीलाई ल्याइएको छ । एसएसपी किरण बज्राचार्यलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ । प्रहरी प्रवक्ता कुवेर कडायतलाई प्रहरी युक्ति तालिम महाविद्यालय नवलपसारी सरुवा गरिएको छ । त्यहाँ हाल कार्यरत बसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको सचिवालयमा ल्याइएको छ । प्रहरी प्रधान कार्यालय तालिम महाशाखाका जनक भट्टराईलाई महानगरीय ट्राफिक प्रहरी महाशाखामा सरुवा गरिएको छ भने महाशाखा प्रमुख भीमप्रसाद ढकाललाई प्रहरी प्रधान कार्यालय सामुदायिक प्रहरी महाशाखामा पठाइएको छ । ललितपुरका प्रहरी प्रमुख टेकप्रसाद राईलाई प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य महाशाखा ल्याइएको छ । ­­­
No photo description available.
No photo description available.
No photo description available.
No photo description available.
No photo description available.
df

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू