Previous Version
Saturday, May 15, 2021  |  शनिबार, १ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
घरमा अक्सिजन सिलिण्डर नराख्न मन्त्रालयको आग्रह आठ हजार सङ्क्रमित थपः निकोदर ७४ प्रतिशत भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग सम्झौता तारकेश्वर काँग्रेसले साङलाको आइसोलेसनका लागि अक्सीजन सिलिण्डर सहित डक्टरको व्यवस्था गर्ने नयाँ सरकार गठनसँगै सबै निकाय कोभिडविरुद्ध सक्रिय अक्सिजन अभावले वीरको नयाँ भवन सञ्चालनमा समस्या पिसिआर टेष्ट गरेर मात्र नेपाल जान कोलकाता महावाणिज्यदूतावासको आग्रह रातो मच्छिन्द्रनाथको रथ तानिँदै मनाङमा कोरोना सङ्क्रमितको उपचारमा समस्या समयमानै तयारी गर्न नसक्दा तोकिए भन्दा आधा कम बेड सहित तारकेश्वरको साङलामा आइसोलेसन सञ्चालन हुने हेटौँडा अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर फौजीकिराले मकैबाली नष्ट सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा एमाले विवाद समाधान गर्न कार्यदल गठन गरिने

बढ्यो शिवपुरीमा दुध उत्पादन

शुक्रबार, ५ मंसिर २०७७, सगरमाथा पोष्ट.
प्रविण थपलिया
नुवाकोट , मंसिर  ५ ।   शिवपुरी नुवाकोट शिवपुरी गाउँपालिकाले कृषि उत्पादन र बजारिकरणमा अनुदान दिए सगैँ हाल शिवपुरी गाउँपालिका भरिमा दैनिक १३०० लिटर दुध सङ्कलन हुदैँ आईरहेको छ । गत वर्षको कार्यक्रममा शिवपुरी गाउँपालिकाले तिन वटा दुध सङ्कलन केन्द्र शिवपुरी डेरी फर्म, सतत्तरी जागरुक्क कृषि सहकारी सङ्कलन केन्द्र, थानपति र कुण्डला डेरी सप्लायर्स सङ्कलन केन्द्र, महाकाली लाई दुध सङ्कलन र भण्डारण मेशिन चिलिङ भ्याट खरिदमा ५० प्रतिशत अनुदान दिएसगैँ गाई र्भैसीको दुध बेच्ने ठाउँ भएपछि हाल गाई र्भैसी पालन गरी दुध बेच्ने कृषकको सङ्ख्या बढ्दै ्गईरहेको छ । गत वर्ष सम्म दुध कसरी विक्रि हुन्छ होला र भनेर सोच्दै गरेका कृषकहरु हाल गाउँपालिका भरका २५० घर परिवार कृषकले दैनिक ७ देखि १० लिटर दुध बेचेर आयआर्जन गदैँ छन् । हाल झन्डै ८५ जना कुषकबाट दैनिक ५९० लिटर दुध शिवपुरी डेरी फर्मले सङ्कलन गर्दै आईरहेको छ भने जागरुक्क सहकारी सङ्कलन केन्द्रमा दैनिक ५५ जना कृर्षकको ३४० लिटर दुध सङ्कलन हुन्छ र कुण्डला दुध डेरी सप्लार्यसले दैनिक ४२ जना कृषकबाट २२० लिटर दुध सङ्कलन भईरहेको छ साथै दैनिक ५० लिटर भन्दा धेरै दुध उत्पादन गर्ने ४ वटा ब्यवसायिक फर्म आधुनिक कृषि फर्मले दैनिक १०० लिटर र कुण्डला देवी कृषि फर्मले दैनिक ६० लिटर र थानपति व्यवसायिक कृषि उद्योगले दैनिक ६० लिटर दुध उत्पादन गदैँ आईरहेको भने दुध ढुवानीमा गाउँपालिका र सहकारी र जोनको साझदारीमा किनिएको गाडी प्रयोग भईरहेको छ । उठ्दै गरेको पशुपालन व्यवसाय यस वर्ष पनि थप ३ वटा ठाउँमा दुध सङ्कलन केन्द्रका लागि चिलिङ भ्याट मेसिन खरिदमा अनुदान र उत्पादनका आधारमा दुध बेच्ने कृषकलाई प्रति लिटर दुधमा अनुदान र उन्नत जातको भैँसि खरिद गरि लेराउने कृषकलाई ढुवानीमा अनुदान र कृषकको पशुधन सुरक्षणको लागि पशु विमा प्रिमियम शुल्कमा अनुदान र सहज पशु स्वास्थ्य प्राविधिक उपलब्धता जस्ता कार्यक्रम शिवपुरी गाउँपालिका सगँ रहेको शिवपुरी पशु प्राविधिक विज्ञान पाण्डे ले वताउनु भयो । यसबाट कार्यक्रमले साना कृषक देखि व्यसायिक फर्म समेटि गत वर्षबाट सुरु भएको दुध सङ्कलन कार्य यस वर्ष उल्खिनिय बुद्धि हुने आशा लिएको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू