Previous Version
Wednesday, Nov 25, 2020  |  बुद्धबार, १० मंसिर २०७७   |  नेपाली समय लोड हुदैछ...
महिला हिंसा अन्त्यका लागि जनचेतना र कानूनी कारवाहीमा राष्ट्रपतिको जोड प्रमाणित हुनेबित्तिकै नेपालीले खोप पाउँछन् : मन्त्री ढकाल घुस लिएको अभियोगमा मुद्दा स्वतन्त्र न्यायपालिकाप्रति प्रतिबद्ध छौँ – अध्यक्ष दाहाल पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन पहल नेप्से नयाँ उचाइमाः दोहोरो अङ्कको वृद्धि प्रहरीलाई थप जवाफदेही बनाउन टेलिफोन संवाद कार्यक्रम बोलपत्रमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग सुनको मूल्य रु एक हजार ८०० ले ह्रास त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने कास्कीमा सञ्चालित क्रसर उद्योग मापदण्डविपरीत मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेशनबीच सम्झौता घुन्साको विकासका लागि पूर्वाधार निर्माण गरिने छः प्रधानमन्त्री बूढानीलकण्ठमा एकादशी मेला नलाग्ने न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि हुने गरी काम गर्न प्रधानन्यायाधीशको आग्रह

थप दुई हजार १०३ जनामा सङ्क्रमण पुष्टि

बिहीवार, ४ मंसिर २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार १०३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय नौ हजार ८०५ जनाको स्वास्थ्य परीक्षण गर्दा ८६४ महिला र एक हजार २३९ पुरुष गरी उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख १५ हजार २० पुगेको छ । पछिल्लो समय थप दुई हजार ८५८ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या एक लाख ८५ हजार ६३८ पुगेको छ । निको हुने दर ८६ दशमलब तीन प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ । अहिले देशभर २८ हजार १०६ सक्रिय सङ्क्रमित छन् । देशभर ७१७ जना क्वारेन्टिनमा र २५ हजार ३४७ होम आइसोलेशनमा छन् । सङ्क्रमितमध्ये ३८० जनाको सघन उपचार कक्ष र ६२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हालसम्म १६ लाख ३३ हजार ५५९ जनाको पिसिआर परीक्षण भएको छ । थप १७ को मृत्यु हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार २७६ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप १७ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यकामा एक हजार ३९८ सङ्क्रमित थपिए पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा एक हजार २२९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । जसमा ५१३ महिला र ७१६ पुरुष रहेका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म काठमाडौँमा १२ हजार ४४१, ललितपुरमा दुई हजार २४४ र भक्तपुरमा ९८९ जना सक्रिय सङ्क्रमित रहेका छन् । हालसम्म काठमाडौँ उपत्यकाकै सबैभन्दा बढी काठमाडौँ ३१२, भक्तपुरमा ८१ र ललितपुरमा ८९ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू