Previous Version
Saturday, May 15, 2021  |  शनिबार, १ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
घरमा अक्सिजन सिलिण्डर नराख्न मन्त्रालयको आग्रह आठ हजार सङ्क्रमित थपः निकोदर ७४ प्रतिशत भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग सम्झौता तारकेश्वर काँग्रेसले साङलाको आइसोलेसनका लागि अक्सीजन सिलिण्डर सहित डक्टरको व्यवस्था गर्ने नयाँ सरकार गठनसँगै सबै निकाय कोभिडविरुद्ध सक्रिय अक्सिजन अभावले वीरको नयाँ भवन सञ्चालनमा समस्या पिसिआर टेष्ट गरेर मात्र नेपाल जान कोलकाता महावाणिज्यदूतावासको आग्रह रातो मच्छिन्द्रनाथको रथ तानिँदै मनाङमा कोरोना सङ्क्रमितको उपचारमा समस्या समयमानै तयारी गर्न नसक्दा तोकिए भन्दा आधा कम बेड सहित तारकेश्वरको साङलामा आइसोलेसन सञ्चालन हुने हेटौँडा अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर फौजीकिराले मकैबाली नष्ट सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा एमाले विवाद समाधान गर्न कार्यदल गठन गरिने

परीक्षण सफलपछि खोप आयातका लागि अध्यादेश ल्याइन्छ : मन्त्री ढकाल

शुक्रबार, २८ कार्तिक २०७७, सगरमाथा पोष्ट.
मोरङ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ खोप परीक्षण सफल हुनसाथ नेपालमा आयातका लागि कानूनी समस्या नहोस् भनेर अध्यादेश तयार गरिएको जानकारी दिनुभएको छ । उहाँले कोरोना सङ्क्रमितको उपचारमा सघाउन सरकारले भौतिक संरचना तयारीलाई पनि ध्यान दिएको जनाउनुभयो । प्रदेश नं १ को सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको सक्रियतामा निर्माण भइरहेको ‘नागरिक केयर सेन्टर’को आज अनुगमनका क्रममा मन्त्री ढकालले कोरोना सङ्क्रमितको उपचारका लागि एचडियु र अक्सिजनसहितको एक सय शै्ययाको नागरिक सेन्टरको निर्माण कार्य गरिएकोमा प्रशंसा पनि गर्नुभयो । उहाँले उपचारका लागि अक्सिजन, आईसियु र भेन्टिलेटरको आवश्यकता देखिएकाले त्यसलाई प्राथमिकता राखिएको बताउनुभयो । मन्त्री ढकालले सरकारले सुविधासम्पन्न तीन हजार ५०० सय शै्यया थप गर्ने तयारी गरेको जानकारी दिँदै दुुई हजार काठमाडौँ उपत्यका र बाँकी देशका विभिन्न स्थानमा स्थापना गरिने बताउनुभयो । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र सेन्टरका संयोजक पवन सारडालगायतले प्रदेश सरकारको रु २ करोड, निजी क्षेत्रको रु १ करोड ५० लाख र महानगरपालिकाको रु २५ लाखको लागतमा निर्माण कार्य भइरहेको जानकारी दिनुभयो । मन्त्री ढकालले आजै कोशी अस्पताल विराटनगरको पनि अनुगमन गर्नुभएको थियो । स्वास्थ्योपचारका लागि टेलिमेडिसिन प्रदेश नं १ र भारतीय सीमावर्ती क्षेत्रका जनतालाई विराटनगर रहेको अस्पतालमा सहज स्वास्थ्य सेवा उपलव्ध गराउन क्यूरा हेल्थ एप्लिकेशनमार्फत आजदेखि टेलिमेडिसिन सेवा शुरु गरिएको छ । आधुनिक प्रविधिको प्रयोग गरी क्यूरा हेल्थको मोबाइल एप्लिकेसनमार्फत स्वास्थ्यसम्बन्धी सम्पूर्ण कार्य गर्न सकिने हेल्थका सञ्चालक आयुस भगतले जानकारी दिनु भयो । क्युरा हेल्थको प्रयोग गरी आफूले खोजेको अस्पताल, चिकित्सक, समय र शुल्क आदिबारे घरमै बसेर तय गर्न सकिने छ । उक्त सेवा अहिले विराटनगरस्थित विराट अस्पताल, लाइफगार्ड अस्पताल र श्री राम डेन्टल क्लिनिकसँग सहकार्य गरी शुरु गरिएको तथा आगामी दिनमा सरकारी लगायत अन्य थप अस्पतालसँग आवद्ध हुने जनाइएको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू