Previous Version
Saturday, May 15, 2021  |  शनिबार, १ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
घरमा अक्सिजन सिलिण्डर नराख्न मन्त्रालयको आग्रह आठ हजार सङ्क्रमित थपः निकोदर ७४ प्रतिशत भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग सम्झौता तारकेश्वर काँग्रेसले साङलाको आइसोलेसनका लागि अक्सीजन सिलिण्डर सहित डक्टरको व्यवस्था गर्ने नयाँ सरकार गठनसँगै सबै निकाय कोभिडविरुद्ध सक्रिय अक्सिजन अभावले वीरको नयाँ भवन सञ्चालनमा समस्या पिसिआर टेष्ट गरेर मात्र नेपाल जान कोलकाता महावाणिज्यदूतावासको आग्रह रातो मच्छिन्द्रनाथको रथ तानिँदै मनाङमा कोरोना सङ्क्रमितको उपचारमा समस्या समयमानै तयारी गर्न नसक्दा तोकिए भन्दा आधा कम बेड सहित तारकेश्वरको साङलामा आइसोलेसन सञ्चालन हुने हेटौँडा अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर फौजीकिराले मकैबाली नष्ट सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा एमाले विवाद समाधान गर्न कार्यदल गठन गरिने

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम झण्डै पाँच अर्ब

बिहीवार, २७ कार्तिक २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, साताको अन्तिम दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । लगातार उकालो लागेको नेप्सेमा आज झण्डै ११ अङ्कको वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १०.८२ अङ्कले वृद्धि भई एक हजार ७१८.४९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.२७ विन्दुले उकालो लागेर ३३८.८९ मा पुगेको छ । कूल १९८ कम्पनीको एक करोड ३८ लाख ८९ हजार १८९ कित्ता शेयर रु चार अर्ब ८२ करोड ६२ लाख ८६ हजार ५५१ मूल्यमा खरिद बिक्री भयो । नेप्से उकालो लागेर कारोबार रकमसमेत वृद्धि हुँदा त्यसले लगानीकर्तालाई समेत उत्साहित बनाएको छ । स्कटका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर उकालो लाग्दा सात उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ १०.२१, व्यापार १६४.७१, निर्जीवन बीमा ३९.१६, अन्य २८.३९ र सामूहिक लगानी कोष ०.०१ विन्दुले उकालो लागेको छ । यस्तै, होटल १८.४१, विकास बैंक ४.४७, वित्त ३.६५, उत्पादन ३०.८६, लघुवित्त १.७१ र जीवन बीमा २८.९२ विन्दुले ओरालो लागेको छ । कारोबारका आधारमा आज पनि पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २८ करोड ५५ लाख पाँच हजार ६६९ बराबरको कारोबारभयो । यस्तै साल्ट टे«डिङ कर्पोरेशन रु २६ करोड सात लाख ९१ हजार ६०९, प्रभु बैंक रु २० करोड ८२ लाख ६८ हजार ६१६, हिमालयन डिस्टिलरी रु १८ करोड ७६ लाख ८५ हजार ४९०, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १६ करोड तीन लाख ७८ हजार ५३५, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर रु १५ करोड ९४ लाख ३६ हजार ३३८ र शिवम सिमेन्ट रु १३ करोड ६४ लाख ५४ हजार ३३९ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । कारोबारका आधारमा आज विशाल बजार कम्पनी ९.९९, साल्ट टे«डिङ कर्पोरेशन ९.९९, नाडेप लघुवित्त ८.१६, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयरधनी ७.२५, सबैको लघुवित्त ६.२५, नेपाल दूरसञ्चार कम्पनी ५.१८ र सानिमा जनरल इन्स्योरेन्सका शेयरधनीले ४.०१ प्रतिशतले कमाए । यसैगरी, गणपति माइक्रोफाइनान्स ५.२३, पञ्चकन्या माई हाइड्रोपावर ३.९५, एनआईसी एशिया ग्रोथ फण्ड ३.६०, रैराङ हाइड्रोपावर ३.४४, एनआरएन इनफ्रास्ट्रकचर ३.२१ र आईसीएफसी फाइनान्सका लगानीकर्ताले ३.०१ प्रतिशतले गुमाए ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू