Previous Version
Thursday, Feb 25, 2021  |  बिहीवार, १३ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
फैसलाले मुलुकलाई सङ्कटबाट जोगायो : वरिष्ठ नेता पौडेल दृढताका साथ समृद्धिको यात्रामा अघि बढ्नेछु : प्रधानमन्त्री ॐ अस्पतालको मेडिकल डाइरेक्टरमा डा. हरिश जोशी नियुक्त नेपाल किराँत राई संघ केन्द्रीय समितिको तदर्थ समिति गठन, सभापतिमा धर्मराज राई महासंघ प्रतिनिधी मण्डल र श्रम मन्त्री बीच भेटवार्ता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले राजिनामा दे भन्दैमा प्रधानमन्त्रीले राजिनामा नदिने स्पष्ट पार्नुभयो । ‘प्रधानमन्त्रीले संकटकाल लगाउन सक्दैनन्, कुनैपनि नयाँ प्रकारको शासन गर्ने वैद्यता नै छैन्’ ‘संवैधानिक नियुक्तीहरु सबै खारेज हुन्छन्’ खोप लगाउने सङ्ख्या लक्ष्यभन्दा आधा कम सुदूरपश्चिम प्रदेश : सरकार गठनको तीन वर्ष सभा छाडेर काठमाडौँ फर्कनुभयो अध्यक्षद्वय नेता गौतमद्वारा सचिवालय बैठक बोलाउन माग जस्तोसुकै परिस्थिति आए पनि सामना गर्न तयार : प्रधानमन्त्री प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसला शेयर बजारमा करेक्सन, नेप्सेमा दोहोरो अङ्कको गिरावट डिजिटल अनुगमन प्रणाली : ढुृवानीमा कैफियत गर्नेलाई धमाधम समाइँदै

अनुगमन गर्दै हुम्ला पुगे मुख्यमन्त्री शाही

शनिबार, २२ कार्तिक २०७७, सगरमाथा पोष्ट.
सिमकोट,  प्रदेशअन्तर्गत जिल्लाका कार्यक्रम र त्यहाँका अवस्था बुझ्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही मुगु हुँदै शुक्रबार हुम्ला पुगेका छन् । प्रदेश सरकारले कर्णाली प्रदेशको विकास एवम् राजमार्गको अवस्था, कोरोना तथा प्राकृतिक विपद्ले पारेको प्रभाव र प्रदेश सरकारद्वारा सञ्चालित योजनाको अनुगमका लागि उहाँ यहाँ आइपुग्नु भएको हो । जिल्लाको विकास, नागरिकका समस्या, आवश्यकता र अपेक्षालाई प्रत्यक्ष मैदानबाटै बुझ्न आफू हुम्ला आएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताउनुभयो । प्रदेशबाट आएका कार्यक्रमको प्रगति भए नभएको अवस्थाबारे बुझ्न र दुर्गम जिल्लामा दिउँदको समयमा सरकारी कार्यालय कार्यालय सहयोगीको भरमा जिम्मा लगाउने रोग पुरानै भएकाले यसको अन्त्य गरीने मुख्यमन्त्री शाहीले बताउनुभयो । सङ्घ, प्रदेश र स्थानीयतह तीनवटै सरकारको आवश्यक समन्वय र सहकार्य नहुँदा विकासका लागि विनियोजन गरिएको बजेटले केही काम नगर्ने मुख्यमन्त्री शाहीले बताउनुभयो । विकासका लागि कार्यक्रम टुक्राटुक्रा नगरी एकीकृत बनाएर गर्नुपर्ने आजको आवश्यकता रहेको मुख्यमन्त्री शाहीको भनाइ छ । उहाँले ग्रामीणबस्तीमा पूर्वाधार निर्माण गरी तिनलाई बजारसँग जोड्न सकेमा कर्णाली प्रदेश सरकारले राखेको नारा ‘समृद्ध कर्णाली, सुखी कर्णालीवासी’को लक्ष्य पूरा हुने विश्वास व्यक्त गर्नुभयो । हुम्लाका नेकपाका पार्टी कार्यकर्तासँग अन्तरक्रिया, स्थानीय तहका जनप्रतिनिधिसंँग तथा प्रदेश सरकार मातहतका जिल्ला कार्यालय प्रमुखसँगको भेटघाट कार्यक्रम रहेको मुख्यमन्त्रीका सचिवालयका सदस्य लोकेन्द्र शाहीले जानकारी दिनुभयो । हुम्लाको नाम्खा गाउँपालिका वडा नं ६ मा पर्ने लिमी लाप्चा क्षेत्रको स्थलगत अध्ययन गर्ने कार्यक्रम रहेको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू