Previous Version
Thursday, Nov 26, 2020  |  बिहीवार, ११ मंसिर २०७७   |  नेपाली समय लोड हुदैछ...
भीमफेदी–कागते–इपा–सिस्नेरी सडकखण्डको निर्माण दु्रतगतिमा छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ : प्रधानमन्त्री आठ महिनामा रु ४० हजार राजश्व सङ्कलन कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनःमन्त्री गुरुङ पश्चिमी वायुको प्रभावले हल्का हिमपातको सम्भावना निर्माण उपकरणमा आगजनी गर्नेलाई कारवाहीको माग सामाजिक सुरक्षा कार्यान्वयनमा रोजगारदाता इमान्दार बनेनन् धार्मिक पर्वमा देवघाट नआउन आग्रह बिना सूचना बत्ती जाँदा जुमबाट अध्ययन गर्ने विद्यार्थी प्रभावित बिरामी बोकेको पिकअप त्रिशूलीमा खस्दा तीन बेपत्ता ६९ प्रतिशत इन्टरनेट जडान पूर्वयुवराज पारस अस्वस्थ मिति २०७७ साल असोज ११ गते बुधबार, नोभेम्बर २६ तारीख हेरौं राशिफल महेश बस्नेतलाई भक्तपुरमै राष्ट्रिय युवा संघ नेपालका जिल्ला इन्चार्ज आक्रोशले दिए चुनौति नेपाली काँग्रेस नुवाकोटका सभापति केसीद्धारा शिवपुरी ७ सुनखानीको वडा भवनको सिलान्यास

सङ्क्रमण निको हुने दर ७६ दशमलव ९ प्रतिशत

शनिबार, १५ कार्तिक २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, पछिल्लो २४ घन्टामा मुलुकभर दुई हजार ५०८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ हजार दुई सय ७९ मा पिसिआर परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो । आजैको विवरणमा दुई हजार दुई सय ६४ जना निको भएका छन् । अहिलेसम्म एक लाख ३१ हजार २२२ जना निको भएका छन् । निको हुने दर ७६.९ प्रतिशत रहेको छ । सङ्क्रमितमध्ये नौ सय ७६ महिला र एक हजार ५३२ पुरुष रहेका छन् । आज देखिएका सङ्क्रमितसँगै सङ्क्रमण हुनेको संख्या एक लाख ७० हजार ७४३ पुगेको छ भने सक्रिय सङ्क्रमित ३८ हजार ५८४ पुगेका छन् । काठमाडौमा उपत्यकामा आज एक हजार ३५७ जना सङ्क्रमित देखिएका छन् । यस्तै भेन्टिलेटरमा प्रदेश नं. १ मा नौ जना, वागमति प्रदेशमा ५२ जना, गण्डकी प्रदेशमा तीन जना, लुम्बिनी प्रदेशमा चार जना र सूदुरपश्चिम प्रदेशमा एक जना उपचार गराइरहेका छन । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी (पूर्व) दाङ, रुपन्देही र कैलाली छन् । शून्य सङ्क्रमित भएका जिल्लामा मुस्ताङ, मनाङ र बाजुरा रहेका छन् । सत्रको मृत्यु यसैगरी आज १७ जनाको सङ्क्रमितको मृत्यु भएको छ । अहिलेसम्म ९३७ जनाको सङ्क्रमणबाट निधन भएको मन्त्रालयले जनाएको छ । सङ्क्रमणबाट निधन हुने कुल सङ्क्रमितको ०.५ प्रतिशत रहेको छ । ---

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू