Previous Version
Tuesday, Nov 24, 2020  |  मंगलवार, ९ मंसिर २०७७   |  नेपाली समय लोड हुदैछ...
थप एक हजार ९८० जनामा कोरोना सङ्क्रमण राजश्व सङ्कलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न अर्थमन्त्रीको निर्देशन दुई दिनकै कारोवार रकम झण्डै १२ अर्ब ‘सत्ता साझेदारीका विषयमा छलफल भएको छैन’ कर नतिर्ने व्यवसायीलाई व्याज मिनाहा वडासम्म इन्टरनेटको सहज पहुँच पु¥याउने काम प्राथमिकताका साथ अघि बढाइएको छः सञ्चारमन्त्री भारतीय विदेश सचिव आउँदै टोखाका कर्मचारी र जनप्रतिनिधिका कोरोना बीमा सभामुख सापकोटाबाट नवनिर्वाचित सांसद पाण्डेलाई शपथ सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न प्रधानमन्त्री ओलीको आग्रह चक्रपथ दोस्रो खण्ड विस्तारः खाली गर्ने काम ९७ प्रतिशत दाङका क्रसर उद्योग बन्द गर्न निर्देशनः कपिलवस्तुका पनि मापदण्ड विपरीत हिमालयन चितुवा केवन किक बक्सिङको अन्तरराष्ट्रिय प्रतिस्पर्धामा भिड्ने बडिगाडमा जीप दुर्घटनामा दुईको मृत्यु सेनाको खेलकूद प्रशिक्षण शुरु हुँदै

फरार पाँच प्रतिवादी पक्राउ

शुक्रबार, १४ कार्तिक २०७७, सगरमाथा पोष्ट.
कञ्चनपुर, वनपैदावार सम्बन्धी मुद्दामा वारदातदेखि फरार रहेका तीन प्रतिवादीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–४ का २९ वर्षीय भरत कामी, ३६ वर्षीय जनकलाल चौधरी र २६ वर्षीय नरेश राना रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनु भयो । कञ्चनपुर जिल्ला अदालतको गत वर्ष असार २३ गतेको फैसलाअनुसार तीनै जनालाई दोषी ठहर गर्दै एक÷एक महिना कैद र जनही रु १७ हजार ४०६ जरिवाना तोकिएको थियो । वारदात गरी विसं २०७५ कात्तिकदेखि तीनै जना फरार रहेका थिए । आवश्यक कारवाहीका लागि प्रहरीले तीनै जनालाई अदालतमा पेश गरेको जनाएको छ । यसैगरी लागु औषधसम्बन्धी मुद्दामा वारदातदेखि फरार रहेका लालझाडी गाउँपालिका–७ कञ्जका २१ वर्षीय हिरेन्द्र रानालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । भाग्दै गरेको अवस्थामा रानालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । लागु औषध मुद्दामै अदालतबाट दोषी ठहर भएका कैलालीको धनगढी उपमहानगरपालिका–७ बस्ने २१ वर्षीय एकलव्य जोशीलाई समेत प्रहरीले राजपुर क्षेत्रबाट पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनालाई कञ्चनपुर जिल्ला अदालतमा पेश गरिएको छ । छ लाखको चुरोट बरामद सशस्त्र प्रहरीले बिहीबार राति सीमा क्षेत्रबाट रु छ लाख ९३ हजार मूल्य बराबरको १२ कार्टुन चुरोट बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ३५ शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार भीमदत्त नगरपालिका–९ खल्लामछेट्टी टुँडिखेलको पश्चिमतिर महाकाली नदीको किनारमा नेपालबाट भन्सार छली गरी रातिको समयमा भारततर्फ पैठारी गरिरहेको अवस्थामा चुरोट १२ कार्टुन बरामद गरिएको छ । यसैगरी बेलौरी नगरपालिका–८ दिपघाट, भीमदत्त नगरपालिका–९ मटैनालगायत क्षेत्रबाट अवैधरूपमा भन्सार छली गरेर ल्याइएको माछा, बिना नम्बरको मोटरसाइकल, सुर्ती, बिँडीलगायत बरामद गरिएको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू