Previous Version
Tuesday, Nov 24, 2020  |  मंगलवार, ९ मंसिर २०७७   |  नेपाली समय लोड हुदैछ...
थप एक हजार ९८० जनामा कोरोना सङ्क्रमण राजश्व सङ्कलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न अर्थमन्त्रीको निर्देशन दुई दिनकै कारोवार रकम झण्डै १२ अर्ब ‘सत्ता साझेदारीका विषयमा छलफल भएको छैन’ कर नतिर्ने व्यवसायीलाई व्याज मिनाहा वडासम्म इन्टरनेटको सहज पहुँच पु¥याउने काम प्राथमिकताका साथ अघि बढाइएको छः सञ्चारमन्त्री भारतीय विदेश सचिव आउँदै टोखाका कर्मचारी र जनप्रतिनिधिका कोरोना बीमा सभामुख सापकोटाबाट नवनिर्वाचित सांसद पाण्डेलाई शपथ सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न प्रधानमन्त्री ओलीको आग्रह चक्रपथ दोस्रो खण्ड विस्तारः खाली गर्ने काम ९७ प्रतिशत दाङका क्रसर उद्योग बन्द गर्न निर्देशनः कपिलवस्तुका पनि मापदण्ड विपरीत हिमालयन चितुवा केवन किक बक्सिङको अन्तरराष्ट्रिय प्रतिस्पर्धामा भिड्ने बडिगाडमा जीप दुर्घटनामा दुईको मृत्यु सेनाको खेलकूद प्रशिक्षण शुरु हुँदै

सङ्क्रमितलाई घृणा नगरी आइसोलेशनमा बस्न वातावरण मिलाउनुपर्छः गलबहादुर गुरुङ, सदस्य, जिसस, तनहुँ

शुक्रबार, १४ कार्तिक २०७७, सगरमाथा पोष्ट.
दमौली, जिल्ला समन्वय समिति तनहुँका सदस्य गलबहादुर गुरुङलाई १५ दिन अगाडि ज्वरो आयो । सामान्य ज्वरो होला भनेर उहाँले औषधि सेवन गर्दै आवासगृहमै आराम गर्नुभयो । ज्वरो दिनप्रतिदिन बढ्दै गयो । ज्वरोका कारण उहाँलाई पानीभन्दा केही पनि रुचेन । ज्वरो झन् बढ्दै १०३ सम्म पुग्यो । जिससका प्रवक्ता गुरुङ ओछ्यानबाट चल्न नसक्ने अवस्थामा पुग्नुभयो । बेलाबेलामा होश नै हराएको जस्तो हुने र श्वास फेर्न एकदमै गाह्रो हुँदै गयो । बीचमा उहाँले पोखरा जाने सोच पनि बनाउनुभयो तर ज्वरो भनेपछि हतपत सवारी साधन नै पाउन गाह्रो भयो । केही दिनपछि एम्बुलेन्समा उहाँलाई पोखरा लगियो, उपचारका क्रममा उहाँलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भयो । उपचारपछि कोरोनालाई जित्नुभएका गुरुङले राससकर्मी कृष्ण न्यौपानेसँग आफ्ना अनुभव यसरी सुनाउनुभयो ः जनप्रतिनिधि भएको नाताले विभिन्न भेला र ठाउँमा गइयो । कतिबेला कसरी अदृश्य भाइरसले सङ्क्रमित भइयो, थाहा नै पाइएन । कोभिड हो भन्ने शङ्का नै थिएन त्यसैले मौसमी ज्वरो होला निको भइहाल्छ भनेर एक्लै क्वार्टरमा आइसोलेट भएर बसेँ । दमौलीकै हस्पिटलहरुमा परीक्षण गर्दै औषधि सेवन गरेर बसेँ तर ज्वरो झन् बढ्दै गयो । ज्वरो बढ्दै १०३ सम्म पुग्यो । पछि ओछ्यानबाट चल्न नसक्ने अवस्थामा पुगेँ । बेलाबेलामा होश नै हराएको जस्तो हुने, श्वास फेर्न एकदमै गाह्रो हुँदै गयो । बीचमा पोखरा जाने सोच पनि नबनाएको होइन, तर ज्वरो भनेपछि गाडी पनि पाइएन र केही दिनपछि कार्यालयबाट परीक्षण गर्न जाने भनेर जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, समन्वय अधिकारी र सदस्य साथीहरूले जिसस सदस्य दिव्य्श्वरी बहिनी र कार्यालय सहयोगी दिल राना दाइलाई एम्बुलेन्स लिएर क्वार्टरमा पठाउनु भएको रहेछ र दमौलीको हस्पिटलमा एक्सरे, ब्लड चेक गरेपछि फोक्सोमा समस्या आइसकेकाले तुरुन्तै पोखरा जानू भन्ने सुझाव आयो । पछि एम्बुलेन्स लिएर पोखरा गण्डकी हस्पिटल पुगेँ तर गण्डकीमा उच्च ज्वरो भनेपछि भर्ना लिन मानेन । पिसीआरका लागि भोलि आउनू, अहिले घर जानू भनेपछि झन् पीडा थपियो । एकातिर श्वास फेर्न एकदमै गाह्रो भइरहेको थियो, अर्कातिर उच्च ज्वरोले सपना जस्तै भइरहेको थियो । केही सोच्न पनि सकिरहेको थिइन । अब भर्ना नलिने भएपछि गाडी खोजेँ, त्यहाँ पनि त्यही समस्या, ज्वरोको बिरामी भनेपछि गाडी नै नमान्ने । केही विकल्प नदेखेपछि हस्पिटलको प्राङ्गणमा नै थचक्क बसेँ । केही समयपछि पूर्वमन्त्री शङ्कर भण्डारी दाइले गण्डकीको इञ्चार्ज अर्जुन आचार्य सरलाई कुरा गर्र्नुभएछ र बल्लबल्ल इमर्जेन्सीको एउटा कुनामा बस्ने व्यवस्था मिलाइयो । केही समयपछि त्यहाँबाट पनि प्रिआइसोलेशनमा लगियो र अक्सिजन दिइयो । बल्ल केही राहत महसस भयो र ज्वरोको औषधि चलाउन शुरु गरेपछि ज्वरो पनि कम भयो र पीडा पनि तर श्वास फेर्न चाहिँ गाह्रो भइरहेको थियो । भोलिपल्ट पिसिआर परीक्षण भयो र पर्सिपल्ट रिपोर्ट आयो पोजिटिभ । श्वास फेर्न एकदम गाह्रो भइरहेका बेला स्वास्थ्यकर्मीले रिजल्ट पोजिटिभ आएको खबर सुनाउँदा झन् पीडा भयो । तैपनि आफूलाई सम्हालँे । पोजिटिभ त आयो फेरि आइसोलेशनमा बेड छैन भनेर तनाव दिइयो । एक दिन प्रिआइसोलेशनमै बसेपछि बल्लबल्ल भोलिपल्ट आइसोलेशनमा आइसियुमा लगेर राखियो । आइसियुमा पुगेपछि बल्ल थाहा भयो कोरोना के हो भन्ने । श्वास फेर्न गाह्रो भएर आफ्नै अगाडि मान्छेहरु भटाभट मरिरहेको प्रत्यक्ष देखेँ, आफ्नै आँखा अगाडि मान्छे मर्दै प्लाष्टिकमा बेर्दै लाँदै गर्दा कति आत्तिएँ, त्यो पल सम्झँदा पनि जीउमा काँडा उम्रेर आउँछ । मरिसकेपछि पनि आफन्तले लान नपाउने, सैनिक आएर लैजाने नियम रहेछ । सैनिक आउन ढिलो भएका दिनहरुमा कति दिन त छेउको बेडको लाशहरुसँगै रात बिताउनुप¥यो । मान्छे नमरेको दिन हँुदैनथ्यो । आफ्नै बेडको छेउमा मान्छे मर्दा कति रात आँखा चिम्म नगरी छर्लङ्गै पारियो । धेरैले कोरोना साधारण फ्लू हो केही होइन भन्छन् तर त्यसो भन्नेले कोरोनाको आइसियुमा मात्रै तीनचार मिनेट गएर हेरेमा कोरोना के हो प्रष्ट हुन्छ । केही दिन आइसियुमा बसेर अलि रिकभर भएपछि नर्मल बेडमा सारियो । बल्ल केही राहत भयो, त्यसपछि भने बाँच्छु भन्ने आश पलायो । दशैँभरि आइसोलेशनमा नै बसियो, आइसोलेशनमा रहँदा धेरै स्वास्थ्यकर्मीहरु हामीसँगै आइसोलेशनमा नै थिए । धेरै स्वास्थ्यकर्मीहरु आफ्नो परिवार छाडेर सङ्क्रमितको उपचारमा खटिएका छन्, त्यसैले सबै स्वास्थ्यकर्मीलाई सम्मान गरेर उनीहरुको मनोबल बढाउनुपर्छ । समाजमा अब झन् सङ्क्रमितहरु बढ्दै गइरहेका छन् । त्यसैले सङ्क्रमितहरुलाई घृणा नगरी आइसोलेशनमा बस्न सहज वातावरण मिलाउनुपर्छ । अनि मात्र कोभिडको यो लडाइँमा सफलता पाउन सकिन्छ । अबका दिनहरु झन् भयावह हुने निश्चित छ । त्यसैले थोरै बेडको भए पनि हरेक पालिकाले आइसोलेशन बनायो भने केही सहज होला, होइन भने अब सरकारी हस्पिटलहरुमा बेड पाउन ठूलै युद्ध जित्नुपर्छ । ---

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू