Previous Version
Tuesday, Nov 24, 2020  |  मंगलवार, ९ मंसिर २०७७   |  नेपाली समय लोड हुदैछ...
कास्कीमा सञ्चालित क्रसर उद्योग मापदण्डविपरीत मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेशनबीच सम्झौता घुन्साको विकासका लागि पूर्वाधार निर्माण गरिने छः प्रधानमन्त्री बूढानीलकण्ठमा एकादशी मेला नलाग्ने न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि हुने गरी काम गर्न प्रधानन्यायाधीशको आग्रह मङ्सिर ९ गते मंगलबार ,नोभेम्बर २४ तपाँईको आजको दिन कस्तो हुनेछ ? थप एक हजार ९८० जनामा कोरोना सङ्क्रमण राजश्व सङ्कलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न अर्थमन्त्रीको निर्देशन दुई दिनकै कारोवार रकम झण्डै १२ अर्ब ‘सत्ता साझेदारीका विषयमा छलफल भएको छैन’ कर नतिर्ने व्यवसायीलाई व्याज मिनाहा वडासम्म इन्टरनेटको सहज पहुँच पु¥याउने काम प्राथमिकताका साथ अघि बढाइएको छः सञ्चारमन्त्री भारतीय विदेश सचिव आउँदै टोखाका कर्मचारी र जनप्रतिनिधिका कोरोना बीमा सभामुख सापकोटाबाट नवनिर्वाचित सांसद पाण्डेलाई शपथ

उत्तरगया धाममा तटबन्ध निर्माण

बुद्धबार, १२ कार्तिक २०७७, सगरमाथा पोष्ट.
रसुवा, उत्तरगया धामको संरक्षणका लागि नदी नियन्त्रण गरिएको छ । त्रिशूली र फलाखु खोलाको संगमस्थल बेत्रवाती संरक्षण गरी दिवंगतको दाहसंस्कार एवं प्रत्येक वर्ष पितृका सम्झनामा गरिने पिण्डतर्पणका कार्य सहज पार्ने उद्देश्यले प्रदेश सरकारको सहयोगमा नदी किनारमा तटबन्ध गरिएको हो । वाग्मती प्रदेश सरकारको रू छ करोड सहयोगअन्तर्गत तटबन्ध तथा अन्य पूूर्वाधारका काम अगाडि बढाइएको उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालले बताउनुभयो । फलाखुको पुरानो झोलुङ्गे पुलमुनिदेखि पश्चिमको दुई नदी मिश्रण भएको स्थान हँुदै त्रिशूलीको शवदाहगृह आसपाससम्म करीब दुई सय मिटर भूभागको नदी किनारमा तारको जाली तथा सिमेन्टको पर्खाल लगाई नदी नियन्त्रण गरिएको बताइएको छ । नदी नियन्त्रणका साथै शौचालय तथा विश्रामगृह, स्नानपछि लुगा फेर्नका लागि चार कोठा समेतका पूर्वाधार तयार भइसकेको बताउँदै गापा अध्यक्ष लम्सालले समग्रको काम ९० प्रतिशत पूरा भएको बताउनुभयो । उत्तरगया धाम संरक्षणका लागि रू १० करोड लाग्ने विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ । दोस्रो चरणअन्तर्गत निलाद्री पर्वत जानेक्रममा फलाखुको संगमस्थलमा शंकरले बेतको लौरीबाट उत्पन्न गराउनुभएको जल उत्खनन गरी बाहिर निकाल्ने योजना रहेकोे गाउँपालिकाले जनाएको छ । विसं २०१८ मा फलाखु खोलामा बाढी आउँदा पुरिएको तातो पानी २०४९ मा योगी नरहरिनाथले नेपाली सेनामार्फत उत्खनन गराएको बेत्रावतीका समाजसेवी वयोवृद्व मोहनबहादुर थापा बताउनुहुन्छ । यसै गरी तप्त कुण्ड, शिव मूर्ति तथा बौद्ध स्तूप, पौषेऔँसीमा गरिने पिण्ड तर्पणका लागि श्राद्ध उद्यान, मरणपाटी र अन्य धार्मिक आस्था बढाउने खालका संरचना बनाउने कार्य योजना रहेको जनाइएको छ । रसुवा र नुवाकोटको सिमानामा अवस्थित उक्त धाममा दाहसंस्कार, पिण्डतर्पण, हरिबोधिनी एकादशीमा फूलको डोली तार्ने जस्ता कार्य हुँदै आएको छ । पवित्र तीर्थ गोसाइँकुण्ड, भैरवकुण्ड, सरस्वतीकुण्ड, आद्र्रकुण्ड, दूधकुण्ड, रिभरकुण्ड, गोपुकुण्डलगायत दर्जनौँ कुण्डको पवित्र जल मिसिएर आउने थलो भएकाले बेत्रावतीबाट प्रवाह हुने त्रिशूली नदीको जल आमनागरिकले पवित्र मान्दै आएका छन् । नेपाल तिब्बत भएको युद्धमा नेपाली फौजले विजय प्राप्त गरेपछि नेपाल र तिब्बतबीच विसं १८४९ मा बेत्रावती सन्धि त्यहीँ भएको इतिहासविद्ले बताएका छन् । ---

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू