Previous Version
Tuesday, Nov 24, 2020  |  मंगलवार, ९ मंसिर २०७७   |  नेपाली समय लोड हुदैछ...
कास्कीमा सञ्चालित क्रसर उद्योग मापदण्डविपरीत मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेशनबीच सम्झौता घुन्साको विकासका लागि पूर्वाधार निर्माण गरिने छः प्रधानमन्त्री बूढानीलकण्ठमा एकादशी मेला नलाग्ने न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि हुने गरी काम गर्न प्रधानन्यायाधीशको आग्रह मङ्सिर ९ गते मंगलबार ,नोभेम्बर २४ तपाँईको आजको दिन कस्तो हुनेछ ? थप एक हजार ९८० जनामा कोरोना सङ्क्रमण राजश्व सङ्कलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न अर्थमन्त्रीको निर्देशन दुई दिनकै कारोवार रकम झण्डै १२ अर्ब ‘सत्ता साझेदारीका विषयमा छलफल भएको छैन’ कर नतिर्ने व्यवसायीलाई व्याज मिनाहा वडासम्म इन्टरनेटको सहज पहुँच पु¥याउने काम प्राथमिकताका साथ अघि बढाइएको छः सञ्चारमन्त्री भारतीय विदेश सचिव आउँदै टोखाका कर्मचारी र जनप्रतिनिधिका कोरोना बीमा सभामुख सापकोटाबाट नवनिर्वाचित सांसद पाण्डेलाई शपथ

सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया अगाडि बढ्छ : मन्त्री भट्ट

बुद्धबार, १२ कार्तिक २०७७, सगरमाथा पोष्ट.
कञ्चनपुर, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुख्खा बन्दरगाह निर्माणका लागि चाडै प्रक्रिया थालनि गरिने बताउनु भएको छ । मङ्गलवार महाकाली नगरपालिका १ मा सुख्खा बन्दगाह निर्माण स्थलको स्थलगत अनुगमन गर्दै उहाँले सरकारले प्राथमिकताका साथ बन्दगाह निर्माणको कामलाई अगाडि बढाउने बताउनुभयो । वाणिज्य सचिवको नेतृत्वको टोलीले बस्तुस्थीति बुझेर प्रक्रिया शुरु गर्ने उहाँले बताउनुभयो । मन्त्री भट्ट सँगै अनुगमनमा सांसद डा दिपकप्रकाश भट्ट, सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर सुनार र मन्त्रालयको प्राविधिक टोलीको सहभागिता थियो । सुख्खा बन्दगाहका लागि भारतले गढीगोठ क्षेत्रमा सर्भेको काम शुरु गरेको बताइएको छ । मन्त्रालयको प्राविधिक टोलीले कात्तिक १६ गते देखि काम शुरु गर्ने जनाइएको छ । मोटरसाइकल दुर्घटनामा एकको मृत्यु पूर्व पश्चिम राजमार्ग अन्र्तगत पर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ वनहरा आर्यघाट जाने बाटो नजिक मङ्गलवार साँझ दुई मोटरसाईकल आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । अर्का घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाका अनुसार मोटरसाईल ठोक्किदा मृत्यु हुनेमा भिमदत्त नगरपालिका–६ ऐठपुर बस्दै आएका वर्ष ४२ का विष्णु ज्ञवाली रहेका छन । गोदावरी नगरपालिका– १० का ३४ वर्षीय युवराज जोशी सख्त घाइते भएका छन । पश्चिमबाट पूर्व तर्फ जादै गरेको लु ६० प ७१४० नम्बरको मोटरसाइकलमा सवार जोशी र विपरित दिशाबाट आउदै गरेको ज्ञवालीले चलाएको म १ प ९६२८ नम्बरको मोटरसाईल एक आपसमा ठोक्किएका हुन । दुर्घटनामा गम्भीर घाइते भएका ज्ञवालीको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । जोशीको शुक्लाफाँटा क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारलाई महाकाली अस्पताल महेन्द्रनगर पठाइएको छ । मृतकको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ । ---

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू