काठमाण्डौं । आज मिति २०७७ साल कार्तिक १० गते सोमबार । तदनुसार अक्टोबर २६ तारीख । नेपाल संवत ११४० ।
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ
समुदायको हितमा लोकप्रिय काम गर्न सकिनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। आज धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुन सक्छ । प्रयत्न गर्दा दिगो कामको जग बसाउन पनि सफल भइनेछ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। नोकरी र व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ। छोटो
वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
भाग्यले साथ दिनेछ। आज शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । असल मित्र, शुभचिन्तक वा जीवनसाथीको सहयोग प्राप्त भइरहनेछ। परिस्थितिवश आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। अस्वस्थताले काममा जुट्न बाधा पर्नेछ।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह
शुभचिन्तकहरूले साथ दिदा काम बन्नेछ । शैक्षिक क्षेत्र कमजोर नै रहला । अनावश्यक खर्च हुने र मानसिक चिन्ता वढ्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ । व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सोचेको काम बन्नुका साथै धनलाभ हुनेछ। आज सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको सफलता र प्रगतिमा मन रमाउनेछ । पुनर्मिलनको योगपनि रहेको छ । पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। विगतका कमजोरीलाई सुधार गर्ने मौका छ।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे
दिगो किसिमको धन लाभ हुने योजना प्रारम्भ गर्ने समय छ। प्रतिस्पर्धामा विजयी भइनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने ईर्ष्या गर्नेहरूले हार खानेछन्। आज धर्म कर्म र सामाजिक कार्यमा मन जानेछ । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ।
कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ। मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । आम्दानी बढाउने योजना गर्न सकिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । परिस्थितिअनुसार चल्न नसक्ता पछि परिनेछ। समयतालिका नमिल्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्यका लागि खानपानमा ध्यान दिनुहोला।
तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते
हतारको निर्णयले काम बिग्रनेछ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । स्वास्थ्यमा धन खर्च हुनेछ । शैक्षिक क्षेत्रपनि कमजोर रहने देखिन्छ । महत्वाकांक्षी योजनामा आफ्नैले बाधा पुर्याउलान्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुपर्नेछ। खराब व्यक्तिको संगतले समस्या निम्त्याउनेछ। निर्णायक मोडमा दुविधा उत्पन्न हुने हुँदा हतारमा निर्णय नलिनुहोला।
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु
गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। आज मनोरञ्जन पूर्ण दिन रहनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् । सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ ।
धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
व्यावसायिक काममा राम्रै हुने र योजनापनि बन्नेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक कार्यमा मन जानेछ । अवसर आए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुस्ख पाइनेछ। हडबडीले काम बिग्रनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ।
मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि
रचनात्मक काम प्रारम्भ गर्ने समय छ। आँटेको र ताकेको कार्य अघि बढ्नेछ । नयाँ कामको प्रस्ताव आउनेछपारिवारिक सहयोग र सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । अधिक परिश्रमले थकान र कमजोरी निम्त्याउन सक्छ।सोख, खानपान र साजसज्जामा खर्च बढ्नेछ। तापनि र साथ दिनेहरू बढ्नेछन्। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द
शुभ कार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिको ह्रास हुनेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्नेछ। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ।
मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । जोश जाँगर र हिम्मत बढ्ला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुनेछ। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। विभिन्न भौतिक साधन जुट्नेछन् भने पछि फाइदा हुने काम प्रारम्भ गर्ने समय छ।