Previous Version
Tuesday, Nov 24, 2020  |  मंगलवार, ९ मंसिर २०७७   |  नेपाली समय लोड हुदैछ...
कास्कीमा सञ्चालित क्रसर उद्योग मापदण्डविपरीत मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेशनबीच सम्झौता घुन्साको विकासका लागि पूर्वाधार निर्माण गरिने छः प्रधानमन्त्री बूढानीलकण्ठमा एकादशी मेला नलाग्ने न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि हुने गरी काम गर्न प्रधानन्यायाधीशको आग्रह मङ्सिर ९ गते मंगलबार ,नोभेम्बर २४ तपाँईको आजको दिन कस्तो हुनेछ ? थप एक हजार ९८० जनामा कोरोना सङ्क्रमण राजश्व सङ्कलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न अर्थमन्त्रीको निर्देशन दुई दिनकै कारोवार रकम झण्डै १२ अर्ब ‘सत्ता साझेदारीका विषयमा छलफल भएको छैन’ कर नतिर्ने व्यवसायीलाई व्याज मिनाहा वडासम्म इन्टरनेटको सहज पहुँच पु¥याउने काम प्राथमिकताका साथ अघि बढाइएको छः सञ्चारमन्त्री भारतीय विदेश सचिव आउँदै टोखाका कर्मचारी र जनप्रतिनिधिका कोरोना बीमा सभामुख सापकोटाबाट नवनिर्वाचित सांसद पाण्डेलाई शपथ

नयाँ सैनिक अधिकृतको मूल निशानसमक्ष हुने शपथ स्थगित

आईतवार, ९ कार्तिक २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, नेपाली सेनाका नयाँ अधिकृतले मूल निशानसमक्ष शपथ लिने परम्परा यस पटक स्थगन भएको छ । हरेक वर्ष बडादशैँको महानवमीका दिन नयाँ अधिकृतले शपथ लिने प्रचलन रहेकामा कोभिड–१९ बाट सिर्जित जोखिमका कारण यस वर्ष गरिएन । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार हनुमानढोका क्षेत्र, कम्पुकोतस्थित नेपाली सेनाको मूल निशान(भगवती) समक्ष नयाँ अधिकृतले पद तथा गोपनीयताको शपथ लिने परम्परा थियो । काठमाडौँ उपत्यका बाहिर खटिने अधिकृतले अनुकूल समय मिलाएर शपथ लिने गरे पनि काठमाडाँै उपत्यकाभित्रका नयाँ अधिकृतले महानवमीकै दिन अनिवार्यरुपमा शपथ लिने चलन थियो । सेनाले शक्तिस्वरुपा भगवतीलाई मूल निशान मान्दैआएको छ । अधिकृत तहका लागि सेनाले सहायक सेनानी(सेकेण्ड लेफ्टिनेन्ट) मा भर्ना लिने गर्छ । सहायक सेनानीको तालीम र परीक्षा पूरा गरी पास आउट भए पनि मूल निशानसमक्ष शपथ लिएपछि मात्र पक्का अधिकृतका रुपमा स्थपित हुने मान्यता रहिआएको छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू