Previous Version
Thursday, Nov 26, 2020  |  बिहीवार, ११ मंसिर २०७७   |  नेपाली समय लोड हुदैछ...
भीमफेदी–कागते–इपा–सिस्नेरी सडकखण्डको निर्माण दु्रतगतिमा छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ : प्रधानमन्त्री आठ महिनामा रु ४० हजार राजश्व सङ्कलन कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनःमन्त्री गुरुङ पश्चिमी वायुको प्रभावले हल्का हिमपातको सम्भावना निर्माण उपकरणमा आगजनी गर्नेलाई कारवाहीको माग सामाजिक सुरक्षा कार्यान्वयनमा रोजगारदाता इमान्दार बनेनन् धार्मिक पर्वमा देवघाट नआउन आग्रह बिना सूचना बत्ती जाँदा जुमबाट अध्ययन गर्ने विद्यार्थी प्रभावित बिरामी बोकेको पिकअप त्रिशूलीमा खस्दा तीन बेपत्ता ६९ प्रतिशत इन्टरनेट जडान पूर्वयुवराज पारस अस्वस्थ मिति २०७७ साल असोज ११ गते बुधबार, नोभेम्बर २६ तारीख हेरौं राशिफल महेश बस्नेतलाई भक्तपुरमै राष्ट्रिय युवा संघ नेपालका जिल्ला इन्चार्ज आक्रोशले दिए चुनौति नेपाली काँग्रेस नुवाकोटका सभापति केसीद्धारा शिवपुरी ७ सुनखानीको वडा भवनको सिलान्यास

सैनिक मञ्चमा फूलपाती बढाइँ

शुक्रबार, ७ कार्तिक २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ , राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाद्वारा आज अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहमा सरिक हुनुभएको छ । समारोहमा नेपाली सेनाको टुकडीले उहाँलाई सलामी अर्पण गरेको थियो । संवैधानिक व्यवस्थानुसार राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । सो अवसरमा सेनाले फूलपाती बढाइँ कवाजअन्तर्गत राइफलबाट छिटो लहरे र एकठ्ठा बढाइँ ग¥यो । तोपबाट पनि लहरे र एकठ्ठा बढाइँ प्रस्तुत गरियो । सैनिक मञ्चमा फूलपाती बढाइँ, मञ्चभित्र स्यानिटाइजर टुँडिखेल वरपर  सर्वसाधारणको घुइँचो - Aarthiknewsढाइँ कार्यक्रममा सैनिक हेलिकोप्टरले पुष्पवृष्टि गरेको थियो । समारोहमा सैनिक ब्याण्डले ‘रातो र चन्द्रसूर्य जङ्गी निशान हाम्रो’ बोलको राष्ट्रिय गीत र दुर्गा भजनको धुन प्रस्तुत ग¥यो । कोभिड–१९ को संक्रमणका कारण यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले सांकेतिकरूपमा मात्र आयोजना गरिएको हो । यस पटक बढाइँमा थोरै कार्यक्रम सामेल गरिएकाले छोटो मात्र होइन, कोभिड–१९ जोखिमका कारण पाहुनाको संख्या सीमित तुल्याइएको थियो । बढाइँ हेर्न आमन्त्रण गरिएका पाहुनालाई सामाजिक दूरी कायम गरी बस्ने व्यवस्था गरिएको थियो । समारोहमा उपस्थित सबै पाहुनालाई मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गराइएको थियो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत समारोहमा उपस्थित हुनुहुन्थ्यो । उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रिगण, मुख्यसचिव शंकरदास वैरागी, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख पनि फूलपाती बढाइँ हेर्न सैनिक मञ्च पुग्नुभएको थियो । उहाँहरुलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले स्वागत अभिवादन गर्नुभएको थियो । बढाइँ कार्यक्रमको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । बढाइँ हेर्न विगतमा जस्तो टुँडिखेल वरपर सर्वसाधारणको घुइँचो देखिन्नथ्यो । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू