Previous Version
Tuesday, Nov 24, 2020  |  मंगलवार, ९ मंसिर २०७७   |  नेपाली समय लोड हुदैछ...
थप एक हजार ९८० जनामा कोरोना सङ्क्रमण राजश्व सङ्कलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न अर्थमन्त्रीको निर्देशन दुई दिनकै कारोवार रकम झण्डै १२ अर्ब ‘सत्ता साझेदारीका विषयमा छलफल भएको छैन’ कर नतिर्ने व्यवसायीलाई व्याज मिनाहा वडासम्म इन्टरनेटको सहज पहुँच पु¥याउने काम प्राथमिकताका साथ अघि बढाइएको छः सञ्चारमन्त्री भारतीय विदेश सचिव आउँदै टोखाका कर्मचारी र जनप्रतिनिधिका कोरोना बीमा सभामुख सापकोटाबाट नवनिर्वाचित सांसद पाण्डेलाई शपथ सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न प्रधानमन्त्री ओलीको आग्रह चक्रपथ दोस्रो खण्ड विस्तारः खाली गर्ने काम ९७ प्रतिशत दाङका क्रसर उद्योग बन्द गर्न निर्देशनः कपिलवस्तुका पनि मापदण्ड विपरीत हिमालयन चितुवा केवन किक बक्सिङको अन्तरराष्ट्रिय प्रतिस्पर्धामा भिड्ने बडिगाडमा जीप दुर्घटनामा दुईको मृत्यु सेनाको खेलकूद प्रशिक्षण शुरु हुँदै

चैतयता छापियो १० लाख चालक अनुमतिपत्र

बिहीवार, ६ कार्तिक २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, यातायात व्यवस्था विभागले गत चैतदेखि अहिलेसम्म झण्डै १० लाख चालक अनुमतिपत्र छपाइ गरेको छ । विगतमा झण्डै आठ÷नौ लाखसम्म पनि अनुमतिपत्र बाँकी रहेकामा अहिले त्यो सकिँदै गएको विभागले जनाएको छ । पहिले वर्षाैँसम्म सेवाग्राहीले अनुमतिपत्र नपाउने गरेकामा अहिले त्यो अवस्था पूरै हटिसकेको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताउनुभयो । उहाँका अनुसार पछिल्लो तीन÷चार महिनामा आएका अनुमतिपत्र मात्रै छाप्न बाँकी छ । छापिएका सबै अनुमतिपत्र सम्बन्धित कार्यालयमा पठाइसकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सेवाग्राहीले नयाँ वा नवीकरण गरिएका अनुमतिपत्र सम्बन्धित कार्यालयमा पुगेर लिन सक्छन् ।” निषेधाज्ञाका समयमा यातायात व्यवस्था कार्यालयबाट आएका झण्डै एक लाख अनुमतिपत्र छाप्न बाँकी रहेको प्रवक्ता भुसालले बताउनुभयो । अहिले आवश्यकतानुसार ‘मास प्रिन्टर’ बाट अनुमतिपत्र छपाइ भइरहेको छ । आवेदन दिएको तीन÷चार महिनामा अनुमतिपत्र पाउन सक्ने गरी पठाउन लागिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पहिले जसरी अब वर्षौँसम्म कुर्नुपर्ने अवस्था आउँदैन ।” सरकारले झण्डै पाँच वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमतिपत्र दिन शुरु गरेको थियो । सेवाग्राहीले आवेदन दिएको लामो समयसम्म पनि अनुमतिपत्र पाएका थिएनन् । उपकरणको क्षमताभन्दा कयौँ गुणा छाप्नु परेकाले समस्या भएको थियो । विभागले गतवर्ष ‘मास प्रिन्टर’ खरिद गरेर सञ्चालनमा ल्याएसँगै त्यो समस्या हटेको छ । विभागले गतवर्ष नै ‘मास प्रिन्टर’सँगै १० लाख स्मार्ट कार्ड खरिद गरेको थियो । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू