Previous Version
Tuesday, Nov 24, 2020  |  मंगलवार, ९ मंसिर २०७७   |  नेपाली समय लोड हुदैछ...
थप एक हजार ९८० जनामा कोरोना सङ्क्रमण राजश्व सङ्कलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न अर्थमन्त्रीको निर्देशन दुई दिनकै कारोवार रकम झण्डै १२ अर्ब ‘सत्ता साझेदारीका विषयमा छलफल भएको छैन’ कर नतिर्ने व्यवसायीलाई व्याज मिनाहा वडासम्म इन्टरनेटको सहज पहुँच पु¥याउने काम प्राथमिकताका साथ अघि बढाइएको छः सञ्चारमन्त्री भारतीय विदेश सचिव आउँदै टोखाका कर्मचारी र जनप्रतिनिधिका कोरोना बीमा सभामुख सापकोटाबाट नवनिर्वाचित सांसद पाण्डेलाई शपथ सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न प्रधानमन्त्री ओलीको आग्रह चक्रपथ दोस्रो खण्ड विस्तारः खाली गर्ने काम ९७ प्रतिशत दाङका क्रसर उद्योग बन्द गर्न निर्देशनः कपिलवस्तुका पनि मापदण्ड विपरीत हिमालयन चितुवा केवन किक बक्सिङको अन्तरराष्ट्रिय प्रतिस्पर्धामा भिड्ने बडिगाडमा जीप दुर्घटनामा दुईको मृत्यु सेनाको खेलकूद प्रशिक्षण शुरु हुँदै

कक्षा १२को परीक्षामा सङ्क्रमितलाई अलग्गै व्यवस्था

बिहीवार, ६ कार्तिक २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ , राष्ट्रिय परीक्षा बोर्डले आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन गर्ने कक्षा १२ को परीक्षामा कोरोना सङ्क्रमित विद्यार्थीका लागि अलग्गै व्यवस्था गरेको छ । बोर्डले सार्वजनिक गरेको परीक्षा कार्यतालिकामा कोभिड –१९ सङ्क्रमित परीक्षार्थीलाई परीक्षामा सामेल नहुन अनुरोध गर्दै त्यस्ता परीक्षार्थीका लागि नेपाल सरकारको मान्यताप्राप्त प्रयोगशालाको रिपोर्टका आधारमा पछि छुट्टै व्यवस्था गरिने उल्लेख छ । यो परीक्षा सामाजिक दूरीसहित छोटो अवधिका सञ्चालन गरी ४० प्रतिशत प्राप्ताङ्कका लागि लिइनेछ । विद्यार्थीको २० प्रतिशत लब्धाङक आन्तरिक मूल्याङ्कन र ४० प्रतिशत कक्षा ११ को लब्धाङकबाट गणना गरिनेछ । बोर्डले ४० प्रतिशत लब्धाङकका लागि अनलाइन परीक्षासमेत गर्न सकिने विकल्प सुझाएकामा त्यसको विश्वसनीयतामा विभिन्न प्रश्न उठेपछि परीक्षा सञ्चलन हुने भएको हो । बोर्डले जिल्ला बाहिर रहेका परीक्षार्थीको विवरण सङ्कलन गरी परीक्षामा सामेल गराउने तयारी गरेको छ । लामो समयको गृहकार्य र अन्योलपछि नेपाल सरकारको सैद्धान्तिक निर्णयबाट झण्डै पाँच लाख विद्यार्थी सहभागी हुने परीक्षाका लागि बोर्डले बुधबार कार्यतालिका सार्वजनिक गरेको हो । कोरोना महामारीको जोखिमका कारण गत वैशाख ८ गतेदेखि हुने भनिएको सो परीक्षा स्थगन भएको थियो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू