Previous Version
Thursday, Nov 26, 2020  |  बिहीवार, ११ मंसिर २०७७   |  नेपाली समय लोड हुदैछ...
भीमफेदी–कागते–इपा–सिस्नेरी सडकखण्डको निर्माण दु्रतगतिमा छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ : प्रधानमन्त्री आठ महिनामा रु ४० हजार राजश्व सङ्कलन कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनःमन्त्री गुरुङ पश्चिमी वायुको प्रभावले हल्का हिमपातको सम्भावना निर्माण उपकरणमा आगजनी गर्नेलाई कारवाहीको माग सामाजिक सुरक्षा कार्यान्वयनमा रोजगारदाता इमान्दार बनेनन् धार्मिक पर्वमा देवघाट नआउन आग्रह बिना सूचना बत्ती जाँदा जुमबाट अध्ययन गर्ने विद्यार्थी प्रभावित बिरामी बोकेको पिकअप त्रिशूलीमा खस्दा तीन बेपत्ता ६९ प्रतिशत इन्टरनेट जडान पूर्वयुवराज पारस अस्वस्थ मिति २०७७ साल असोज ११ गते बुधबार, नोभेम्बर २६ तारीख हेरौं राशिफल महेश बस्नेतलाई भक्तपुरमै राष्ट्रिय युवा संघ नेपालका जिल्ला इन्चार्ज आक्रोशले दिए चुनौति नेपाली काँग्रेस नुवाकोटका सभापति केसीद्धारा शिवपुरी ७ सुनखानीको वडा भवनको सिलान्यास

शिव अधिकारी “अविरल”ले तारकेश्वरका १० वटा क्लबलाई स्वास्थ्य तथा खेलकुद सामग्री प्रदान गर्ने

बिहीवार, ६ कार्तिक २०७७, सगरमाथा पोष्ट.
काठमाण्डौ । दशैको पूर्वसन्ध्यामा नुवाकोट तारकेश्वर गाउँपालिकाभित्रका ६ वटै वडा तारुका २ र ३ बुद्धसिंह ४, दाङसिङ १, गोस्र्याङ ५ र ६ वडामा रहेका १० वटै युवा क्लबहरुलाई प्रदान गर्ने भनिएको खेलकुद तथा स्वास्थ्य सामाग्री तिहारको पूर्वसन्ध्यामा प्रदान गरिने भएको छ ।

सामाजिक अभियन्ता, जीपी कोईराला फाउण्डेशन नुवाकोटका जिल्ला उपाध्यक्ष तथा गन्तव्य नेपाल गु्रपका अध्यक्ष शिव अधिकारी‘अबिरल’ले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै आफु युवाहरुलाई उत्प्रेरणा दिने कार्यमा सदैब क्रियाशिल रहेको र समृद्ध तारकेश्वर नै आफ्नो अन्तिम लक्ष्य रहेको बताएका छन । प्राबिधीक कारणले हाललाई स्थगीत गरिएको खेलकुद  तथा स्वास्थ्य सामाग्री तिहारको पूर्वसन्ध्यामा बितरण गरिने छ । जसअनुसार खेलकुद सामाग्रीहरु क्रमशः क्रिकेट व्याट, बल, क्रिकेट स्ट्याण्ड, व्याडमिन्टन, भलिबल नेट, कक व्याडमिन्टन,  भलिबल, फुटबल, पम्प, स्वास्थ्य सामाग्री स्ट्रेचर र फुटबल जर्सी लगायतका खेलकुद सामाग्री बितरण गरिने अधिकारीले बताए । यसका साथै आजै काठमाण्डौबाट तारुका वडा नम्बर ३ मा रहेको गोरखनाथ युवा समाजलाई खेलकुद सामाग्री पठाईएको र एकसाता अघि नुवाकोट वडा नम्बर ६ मा रहेको बाघभैरव युवा क्लबलाई स्वास्थ्य सामाग्री तथा खेलकुद सामाग्री प्रदान गरिसकिएको समेत बताईएको छ । खेलकुद सामाग्री बितरणसँगै घरदैलो सहितको दशैतिहार, छठको शुभकामना आदन प्रदान गरिने समेत बताएका छन ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू