Previous Version
Tuesday, Nov 24, 2020  |  मंगलवार, ९ मंसिर २०७७   |  नेपाली समय लोड हुदैछ...
कास्कीमा सञ्चालित क्रसर उद्योग मापदण्डविपरीत मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेशनबीच सम्झौता घुन्साको विकासका लागि पूर्वाधार निर्माण गरिने छः प्रधानमन्त्री बूढानीलकण्ठमा एकादशी मेला नलाग्ने न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि हुने गरी काम गर्न प्रधानन्यायाधीशको आग्रह मङ्सिर ९ गते मंगलबार ,नोभेम्बर २४ तपाँईको आजको दिन कस्तो हुनेछ ? थप एक हजार ९८० जनामा कोरोना सङ्क्रमण राजश्व सङ्कलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न अर्थमन्त्रीको निर्देशन दुई दिनकै कारोवार रकम झण्डै १२ अर्ब ‘सत्ता साझेदारीका विषयमा छलफल भएको छैन’ कर नतिर्ने व्यवसायीलाई व्याज मिनाहा वडासम्म इन्टरनेटको सहज पहुँच पु¥याउने काम प्राथमिकताका साथ अघि बढाइएको छः सञ्चारमन्त्री भारतीय विदेश सचिव आउँदै टोखाका कर्मचारी र जनप्रतिनिधिका कोरोना बीमा सभामुख सापकोटाबाट नवनिर्वाचित सांसद पाण्डेलाई शपथ

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

मंगलवार, ४ कार्तिक २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ,  धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा १३.२२ बिन्दुले बढेर एक हजार ५८३.६० मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.६५ बिन्दुले वृद्धि भई ३१३.५५ मा पुगेको छ । आज कूल १९३ कम्पनीका ५० लाख २४ हजार ५० कित्ता शेयर रु एक अर्ब २७ करोड १८ लाख २९ हजार ९९० मूल्यमा खरिद बिक्री भए । कारोबार भएका आज १२ वटै उपसमूहको शेयर बिक्री भएको छ । बैंकिङ ७.७४, व्यापार २.९६, होटल १९.२७, विकास बैंक २२.१९, जलविद्युुत् २७.७२, वित्त ८.६, निर्जीबन बीमा ५५.७६, उत्पादन २५.३६, अन्य ११.४, लघुवित्त १६.४४, जीवन बीमा ७८.१२ र सामूहिक लगानी कोष ०.११ बिन्दुले उकालो लागेको छ । कारोबारका आधारमा आज अरुण काबेली पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु नौ करोड एक लाख एक हजार ५८० बराबरको कारोबार भयो । यस्तै अपि पावर कम्पनी रु सात करोड ७४ लाख ८४ हजार ७४५, एचआइडिसीएल रु छ करोड दुई लाख दुई हजार ३४७, नागरिक लगानी कोष रु चार करोड एक लाख ७७ हजार २०२, हिमाल दोलखा हाइड्रोपावर रु तीन करोड ४३ लाख १५ हजार ४६१, शिखर इन्स्योरेन्स कम्पनी रु दुई करोड ७९ लाख ८५ हजार २४० र कुमारी बैंकको रु दुई करोड ६८ लाख १४ हजार ६९२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । कारोबारका आधारमा जनरल इन्स्योरेन्स ९.९१, माउण्टेन हाइड्रो ९.६६, हिमाल दोलखा हाइड्रोपावर ९.६०, जोशी हाइड्रोपावर ९.४०, घलेम्दी हाइड्रो ८.८७, अपि पावर कम्पनी ७.३२ र ङादी पावरका लगानीकर्ताले ७.२५ प्रतिशतले कमाए । यस्तै, नेपाल फाइनान्स १.८६, रिलायन्स फाइनान्स १.६४, मुक्तिनाथ विकास बैंक १.६२, एनआइसी एशिया समृद्धि फण्ड १.२२, घोडीघोडा लघुवित्त १.०१ र सूर्योदय लघुवित्तका लगानीकर्ताले ०.८६ प्रतिशतले गुमाए । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू