Previous Version
Thursday, Nov 26, 2020  |  बिहीवार, ११ मंसिर २०७७   |  नेपाली समय लोड हुदैछ...
छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ : प्रधानमन्त्री आठ महिनामा रु ४० हजार राजश्व सङ्कलन कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनःमन्त्री गुरुङ पश्चिमी वायुको प्रभावले हल्का हिमपातको सम्भावना निर्माण उपकरणमा आगजनी गर्नेलाई कारवाहीको माग सामाजिक सुरक्षा कार्यान्वयनमा रोजगारदाता इमान्दार बनेनन् धार्मिक पर्वमा देवघाट नआउन आग्रह बिना सूचना बत्ती जाँदा जुमबाट अध्ययन गर्ने विद्यार्थी प्रभावित बिरामी बोकेको पिकअप त्रिशूलीमा खस्दा तीन बेपत्ता ६९ प्रतिशत इन्टरनेट जडान पूर्वयुवराज पारस अस्वस्थ मिति २०७७ साल असोज ११ गते बुधबार, नोभेम्बर २६ तारीख हेरौं राशिफल महेश बस्नेतलाई भक्तपुरमै राष्ट्रिय युवा संघ नेपालका जिल्ला इन्चार्ज आक्रोशले दिए चुनौति नेपाली काँग्रेस नुवाकोटका सभापति केसीद्धारा शिवपुरी ७ सुनखानीको वडा भवनको सिलान्यास घट्यो आयात, बढ्यो निर्यात

काँग्रेसका सबै सांसदले दशैँभत्ता फिर्ता गर्ने

सोमबार, ३ कार्तिक २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका सङ्घीय सांसदलाई दशैँ भत्ता फिर्ता गर्न निर्देशन दिनुभएको छ । काँग्रेस सङ्घीय संसदीय दलका नेतासमेत रहनुभएका सभापति देउवाले सांसदहरुको दशैँ खर्च सरकारले कोभिड–१९ सङ्क्रमणको उपचार र व्यवस्थापनमा खर्च गरोस् भनेर फिर्ता गर्नका लागि आज बिहान निर्देशन दिनुभएको हो । काँग्रेस संसदीय दलको बैठकले पछि अनुमोदन गर्ने गरी सभापति देउवाले दिनुभएको निर्देशनबमोजिम आजै सबैलाई पत्राचार गरिने पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले राससलाई जानकारी दिनुभयो । प्रमुख सचेतक खाँणले कोरोना सङ्क्रमण महामारीमा नागरिकको जीवनरक्षा गर्ने पहलो दायित्व र कर्तव्य सरकारको भएको बताउनुभयो । उहाँले यस्तो सङ्कटका अवस्थामा कोरोना सङ्क्रमितलाई अस्पताल नआउनुस् भन्ने र परीक्षण तथा उपचार पनि निःशुल्क नगर्ने भन्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी भएको बताउँदै उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभयो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू