Previous Version
Friday, Oct 23, 2020  |  शुक्रबार, ७ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
तीन मुलुकका लागि राजदूत नियुक्त भारतले नाका खोल्दा सीमाक्षेत्रमा तनाव नेप्सेमा साढे आठ अङ्कले वृद्धि चैतयता छापियो १० लाख चालक अनुमतिपत्र साँखुमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु कक्षा १२को परीक्षामा सङ्क्रमितलाई अलग्गै व्यवस्था पचासी उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही नवरात्रको छैटौँ दिन आज कात्यायनीको पूजा आराधना गरिँदै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको उपचार निःशुल्क रेडपाण्डाको छालासहित चार पक्राउ सात महिनापछि नेपाल एयरलाइन्सको ताप्लेजुङ उडान प्रदेश २ सरकारले कोरोनाको उपचार निःशुल्क गर्ने स्कन्दमाताको पूजाराधना शिव अधिकारी “अविरल”ले तारकेश्वरका १० वटा क्लबलाई स्वास्थ्य तथा खेलकुद सामग्री प्रदान गर्ने मिति २०७७ साल कार्तिक ६ गते विहिबार, अक्टोबर २२ तारीख हेरौं राशिफल

भदौरे भिरमा सवारी दुर्घटना : ओखलढुङ्गाका दुईसहित पाँचको मृत्यु

आईतवार, २ कार्तिक २०७७, सगरमाथा पोष्ट.
पूर्णप्रसाद न्यौपाने,
ओखलढुङ्गा,
ओखलढुङ्गा र उदयपुरको सिमानामा पर्ने भदौरे भिरमा स्कारपिओ दुर्घटना हुँदा ओखलढुङ्गाका दुईसहित पाँच जनाको ज्यान गएको छ । भैरहवाबाट ओखलढुङ्गातर्फ आउँदै गरेको बा२०च ७१७१ नंको स्कारपियो राति १ बजे सिद्धिचरण लोकमार्गमा अन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ को भदौरे भिरमा दुर्घटना भएको हो । दुर्घटनामा पाँच जानको घटनास्थलमै ज्यान गएको उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार मृतकमध्ये ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–९ माधवपुरका ४५ वर्षीय रामबहादुर सार्की र सोही ठाउँकै २६ वर्षीय कर्मे सार्कीको पहिचान खुलेको छ । बाँकी दुई पुरुष र एक महिलाको पहिचान खुलेको छैन । रिजर्भ गरेर गाउँ आएको हुनाले पहिचान नखुलेका अन्य तीन जना मृतक पनि ओखलढुङ्गाकै हुनसक्ने प्रहरीको अनुमान छ । अहिले मृतकको शव र दुर्घटनामा परेको गाडी घटनास्थलमै छ । दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा ओखलढुङ्गाको मानेभञ्याङ–९ की २८ वर्षीया कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र चालक रुपन्देही त्रिगम्वा नगरपालिका–४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको छ । प्रहरीले राति ब्रेक फेल भएर स्कोरपिओ दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ । गाडी सडकबाट करिब एक किलोमिटर मिटर तल खसेको छ । उनीहरु सबै जना भारतबाट दशैँ मनाउन घरतर्फ आउने क्रममा भैरहवा क्वारेन्टिनमा बसेर गाडी रिर्जभ गरी आएको बुझिएको छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू