Previous Version
Friday, Oct 23, 2020  |  शुक्रबार, ७ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
मिति २०७७ साल कार्तिक ७ गते शुक्रबार, अक्टोबर २३ तारीख हेरौं राशिफल तीन मुलुकका लागि राजदूत नियुक्त भारतले नाका खोल्दा सीमाक्षेत्रमा तनाव नेप्सेमा साढे आठ अङ्कले वृद्धि चैतयता छापियो १० लाख चालक अनुमतिपत्र साँखुमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु कक्षा १२को परीक्षामा सङ्क्रमितलाई अलग्गै व्यवस्था पचासी उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही नवरात्रको छैटौँ दिन आज कात्यायनीको पूजा आराधना गरिँदै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको उपचार निःशुल्क रेडपाण्डाको छालासहित चार पक्राउ सात महिनापछि नेपाल एयरलाइन्सको ताप्लेजुङ उडान प्रदेश २ सरकारले कोरोनाको उपचार निःशुल्क गर्ने स्कन्दमाताको पूजाराधना शिव अधिकारी “अविरल”ले तारकेश्वरका १० वटा क्लबलाई स्वास्थ्य तथा खेलकुद सामग्री प्रदान गर्ने

गुह्येश्वरी मन्दिरमा पूजा गर्न कोषलाई रोक

आईतवार, २ कार्तिक २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, पशुपति क्षेत्र विकास कोष मातहत रहेको गुह्येश्वरी मन्दिरमा कोषलाई नै नित्य पूजा गर्र्न मन्दिर व्यवस्थापन समिति र पुजारीले रोक लगाएको कोषले जनाएको छ । कोषले प्रत्येक वर्ष घटस्थापनाका दिन गुह्येश्वरी मन्दिरमा विशेष पूजा गर्ने परम्परा थियो । कोषका तर्फबाट आज बिहान पूजा गर्न गएका पुजारीलगायत कर्मचारीलाई व्यवस्थापन समिति, पुजारीद्वय जैन कर्माचार्य र रामकृष्ण डङ्गोलले पूजा गर्न नदिएको कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो । गुह्येश्वरी मन्दिर क्षेत्रमा रहेका सुनको परिमाणबारे व्यवस्थापन समितिलाई स्पष्टीकरण सोधिएकाले पूजा गर्न नदिइएको उहाँले आरोप लगाउनुभयो । समितिले चित्तबुझ्दो उत्तर नदिएकाले थप छानबिन गर्ने तयारी गरिएको कोषले जनाएको छ । समितिले भने मन्दिरमा पञ्चामृत, अण्डा र जाँडरक्सी चढाउँदा सुन खिइएको जिकिर गर्दै यससम्बन्धी स्पष्टीकरण कोषलाई बुझाइसकिएको जनाएको छ । गुह्येश्वरीक्षेत्र र चाबहिलक्षेत्रका मठमन्दिर कोष मातहत आउन सकेका छैनन् । यस कारण ती मठमन्दिर र त्यससँगैको सार्वजनिक जग्गामा अनियमितता भएको स्थानीयवासीको गुनासो छ । कोषका सदस्य सचिव डा प्रदीप ढकाल पशुपति क्षेत्रका सबै मठमन्दिर कोष मातहत नै ल्याउने तयारी भएको बताउनुहुन्छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू