Previous Version
Wednesday, Jul 28, 2021  |  बुद्धबार, १३ श्रावन २०७८   |  नेपाली समय लोड हुदैछ...
थप तीन हजार ८४० मा सङ्क्रमण पुष्टि एसइई नतिजा साउन २५ गतेभित्र सार्वजनिक नेप्सेमा नयाँ कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब नाँघ्यो समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन सहयोगी : राष्ट्रपति क्रियाशील सदस्यताको विवाद मिलाउन समय थपः कांग्रेस मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने गठबन्धनको सहमति जनस्वास्थ्यका मापदण्ड लागू गरेर परीक्षा सञ्चालन गर्न निर्देशन महामारीमै भारत जानेहरु भन्छन्(‘रोगभन्दा भोकको चिन्ता भयो’ राजविराजमा बन्द रहेको पिसिआर परीक्षण पुनः सञ्चालन गुल्मीमा जीप दुर्घटना, तीनको मृत्यु, सात घाइते रोहिणी र चन्द्रमाको प्रेमकथा (पौराणिक कथा) -वत्सराज कोइराला अङ्ग्रेज सेनालाई परास्त गर्ने वीर योद्धाको शालिक अनावरण सङ्घीय र प्रदेश सांसद विकास कोषको योजना अनुगमन पाथेकाका वडा सदस्यसहित तीन पक्राउ राष्ट्रपति भण्डारीले युद्ध सङ्ग्रहालयको उद्घाटन गर्ने

पृतनापति सम्मेलन आइतबारदेखि

आईतवार, २ कार्तिक २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका साथै कोभिड–१९ प्रतिकार्यमा प्राप्त भइरहेको सफलता, आकलन र भावी रणनीतिबारे समीक्षा हुने छ । प्रत्येक छ–छ महिनामा नियमितरुपमा हुने यस पटकको तीनदिने उक्त सम्मेलन भर्चुअल माध्यमबाट हुने छ । सेनाका आर्ठ पृतनापतिले सम्मेलनका क्रममा तत्तत्स्थानबाट आआफ्ना कार्य क्षेत्रमा भएगरेका उपलब्धि, देखिएका चुनौती र समाधानका लागि चालिनुपर्ने कदमबारे रायसुझावसहितको प्रस्तुतीकरण गर्ने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । । सेनाको पूर्वी कामु पृतनापतिमा सन्तोष ढकाल, मध्यपूर्वी पृतनापतिमा सुरेश कार्की, मध्यपृतनापतिमा ताराध्वज पाण्डे, उपत्यका पृतनापतिमा आनन्दकुमार अधिकारी, पश्चिम पृतनापतिमा गोकुल भण्डारी, मध्यपश्चिम पृतनापतिमा सञ्जय थापा, उत्तरपश्चिम पृतनापतिमा विज्ञानदेव पाण्डे र सुदूरपश्चिम पृतनापतिमा निर्मलकुमार थापा हुनुहुन्छ । उपरथीको नेतृत्वमा रहने सेनाका पृतना इटहरी, धनुषा, हेटौंँडा, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा छन् । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू