Previous Version
Friday, Oct 23, 2020  |  शुक्रबार, ७ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
तीन मुलुकका लागि राजदूत नियुक्त भारतले नाका खोल्दा सीमाक्षेत्रमा तनाव नेप्सेमा साढे आठ अङ्कले वृद्धि चैतयता छापियो १० लाख चालक अनुमतिपत्र साँखुमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु कक्षा १२को परीक्षामा सङ्क्रमितलाई अलग्गै व्यवस्था पचासी उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही नवरात्रको छैटौँ दिन आज कात्यायनीको पूजा आराधना गरिँदै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको उपचार निःशुल्क रेडपाण्डाको छालासहित चार पक्राउ सात महिनापछि नेपाल एयरलाइन्सको ताप्लेजुङ उडान प्रदेश २ सरकारले कोरोनाको उपचार निःशुल्क गर्ने स्कन्दमाताको पूजाराधना शिव अधिकारी “अविरल”ले तारकेश्वरका १० वटा क्लबलाई स्वास्थ्य तथा खेलकुद सामग्री प्रदान गर्ने मिति २०७७ साल कार्तिक ६ गते विहिबार, अक्टोबर २२ तारीख हेरौं राशिफल

घुस लिएको अभियोगमा पक्राउ

शनिबार, १ कार्तिक २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबडिभिजन वन कार्यालयल मुर्गिया रुपन्देहीका वन रक्षक प्रेमचन्द्र विश्वकर्मालाई रु १२ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार पुर्जीवाला चिरान काठ ओसारपसार गर्न सहयोग गरेबापत घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको बुटवल कार्यालयबाट गएको टोलीले आज पक्राउ गरेको हो । आयोगका अनुसार उनलाई रुपन्देही सैनामैना नगरपालिका–६ स्थित कलौनी चोकबाट पक्राउ गरिएको हो । यस्तै, आयोगले इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हबल्दार शिवचन्द्र सहनी र निजकी श्रीमती निर्मला केवटलाई रु चार लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ । थुनामा रहेका आरोपीलाई छुटाइदिन सहयोग गरेबापत सेवाग्राहीसँग घुस मागेको अभियोगमा शुक्रबार सियारी गाउँपालिका–७ स्थित खनाल मिठाई पसल नजीकैबाट नियन्त्रणमा लिइएको हो । उनीहरुलाई शुक्रबार पक्राउ गरिएको भए पनि अनुसन्धान जारी रहेकाले आज सार्वजनिक गरिएको आयोगले जनाएको छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू