Previous Version
Saturday, Oct 31, 2020  |  शनिबार, १५ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
गाली बेइज्जती गर्नेलाई साइबर मुद्दा देहरादून घटनाप्रति सरकार गम्भीर छ : परराष्ट्र मन्त्रालय दुर्घटनामा पाँच घाइते दशैँका यात्रुलाई महामारीको त्रास : उपत्यका भित्रिने र छाड्ने घटे फरार पाँच प्रतिवादी पक्राउ सङक्रमण र मृत्युदर बढ्दो सङ्क्रमितलाई घृणा नगरी आइसोलेशनमा बस्न वातावरण मिलाउनुपर्छः गलबहादुर गुरुङ, सदस्य, जिसस, तनहुँ ओझालाई रिहा गर्न नेविसङ्घको माग हतियार र लागुऔषधसहित दुई युवक पक्राउ मिति २०७७ साल कार्तिक १४ गते शुक्रबार, अक्टोबर ३० तारीख हेरौं राशिफल एटिएम मेशिन तोडफोड गर्न खोज्ने पक्राउ चन्द समूहका कार्यालय सचिव पक्राउ निरन्तर सुझाव र आलोचना दिन पत्रकारलाई अर्थमन्त्रीको आग्रह कृषि क्षेत्रको विकासका लागि विश्व बैंकको नौ अर्ब ४४ करोड प्राप्त हुँदै नेकाँ बैठक शुक्रबार

कामपाले दियो ‘मेयर्स रिसर्च फेलोसिप’

शनिबार, १ कार्तिक २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, विभिन्न फरक फरक विधामा अध्ययन अनुसन्धान गर्नका लागि काठमाडौँ महानगरपालिकाले १० जनालाई ‘मेयर्स रिसर्च फेलोसिप’ प्रदान गरेको छ । कामपा सहरी योजना आयोगले नीति–निर्माण तहमै अनुसन्धानको संस्कृति बसाल्ने र त्यसलाई कार्यान्वयन तहमा लैजाने उद्देश्यसहित पहिलो चरणमा १० जनालाई ‘मेयर्स रिसर्च फेलोसिप’ प्रदान गरेको हो । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आगामी नीति तथा कार्यक्रममा समावेश गरी कार्यान्वय चरणमा लैजान सहज हुने गरी व्यावहारिक पक्षलाई समेत ध्यानमा राखेर अनुसन्धान तयार पार्न अनुसन्धान कर्तालाई सुझाव दिनुभएको छ । अनुसन्धानका लागि कामपाले प्रत्येक विधामा एक लाख ५० हजार दिने पनि सम्झौतामा उल्लेख गरिएको छ । अनुसन्धानको पहिलो चरणमा कामपाभित्र रहेका विद्यालयमा गैरसङ्क्रामक रोगसम्बन्धी जोखिम र स्वास्थ्य जीवनशैलीसम्बन्धी नीति अध्ययन, पैदल यात्रीका कारण स्थानीय अर्थतन्त्र र जीविकामा परेको प्रभाव रहेको छ । त्यसैगरी काठमाडौँको ठमेल क्षेत्रको अध्ययन, काठमाडौँ उपत्यकाभित्र जोखिम न्यूनीकरण गर्नका लागि पूर्वाधार म्यापिङसम्बन्धी अध्ययन, उपत्यका भित्रको वायु गुणस्तर रहेको छ । वायु प्रदूषण संयन्त्रसम्बन्धी विश्लेषण अध्ययन, काठमाडौँका सामुदायिक विद्यालयका महिला प्राध्यापकको अनुभवको मात्रात्मक अध्ययन छनोटमा परेको छ । त्यसैगरी पहिलो चरणमै विश्व जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि काठमाडौँ उपत्यका रिङरोड क्षेत्रको वायोमास र कर्बोन स्टक सम्भाव्यता वृक्षारोपणसम्बन्धी अध्ययन छ । कामपाको ज्येष्ठ नागरिकको जीवनको गुणस्तरसम्बन्धी कानून, नीति र प्रमाणसम्बन्धी अध्ययन, क्षेत्र भित्रको नेवार समुदायमा रहेको गरिबी र सम्भावित निवारणका पद्धतिसम्बन्धी अध्ययन पनि छनोट भएका छन् । त्यस्तै काठमाडौँ विकास व्यवस्थापन (योजना तर्जुमा देखि कार्यान्वयनसम्म) मा सञ्चारको भूमिका र प्रभावकारिता अभिवृद्धिसम्बन्धी अनुसन्धान प्रस्तावना पनि छनोटमा परेको छ । उल्लेखीत १० विधामा अनुसन्धानका लागि क्रमश प्रतीक खनाल, कृति प्रधान, सुरज गौतम, राजीव पोखरेल, सम्राट बस्याल, नवीनराज जोशी, कृपा सिग्देल, मनिष मान श्रेष्ठ, रवीन्द्र के सुवाल र गोपी कृष्ण ढुङ्गाना रहनुभएको छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू