Previous Version
Thursday, Jun 17, 2021  |  बिहीवार, ३ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
स्वाभिमान सिन्धुली सहयोग अभियानले सङ्कलन गरेको राहत प्याकेज नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई हस्तान्तरण महामारी प्रतिकार्य र पुनरुत्थानका लागि १७ अर्ब ५५ करोड प्राप्त हुँदै मेची पुल बनेको तीन वर्षपछि मात्र बिहारले बनायो पहुँच मार्ग सर्लाहीका बजारमा विषादीयुक्त आँप छयाप्छयाप्ती नेपाली कांग्रेस (बिपी)का आयोजनामा रक्तदान छैटौँ पटक एक साताका लागि निषेधाज्ञा थप बाढीले निर्माणधीन पुल बगायो छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा बुबा पक्राउ थप क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न प्रधानमन्त्रीको निर्देशन विकासमैत्री कानून नहुँदा पूर्वाधार निर्माण असहज : मन्त्री पहाडी ‘होटल क्षेत्रमा तत्काल नयाँ तलबमान कार्यान्वयन गर्न सकिँदैन’ आज मिति २०७८ साल असार ३ गते बिहिबार, जुन १७, तपाँईको आजको दिन कस्तो हुनेछ ? चुरेका पहिरोपीडितको जङ्गलमा बास मेलम्ची खानेपानी आयोजनाका आठ सम्पर्कविहीन नदी कटान रोक्न योजना तर्जुमा

मानव अधिकार रक्षा तथा अपराध नियन्त्रणमा प्रहरी सफल

शुक्रबार, ३० असोज २०७७, सगरमाथा पोष्ट.
विराटनगर, प्रदेश प्रहरी कार्यालय प्रदेश नं १ रानी विराटनगरमा ६५औँ प्रहरी दिवसको अवसरमा इलाम वसन्तपुरकी प्रहरी जवान सविना खत्री सर्वोत्कृष्ट प्रहरीको रुपमा आज पुरस्कृत हुनुभएको छ । उहाँलाई साधना देवी श्रेष्ठको नाममा स्थापित अक्षय कोषबाट रु एक लाख राशीको पुरस्कार कोषका संस्थापक विक्रम श्रेष्ठले प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी परिवारका एसइई परीक्षामा उत्कृष्ट हुने ३६ जना छात्रछात्रालाई जनही रु १० हजारका दरले पुरस्कार प्रदान गर्नुका साथै प्रदेश प्रहरी कार्यालय व्यवस्थापनमा उत्कृष्टता हासिल गर्ने प्रहरी जवान एवं अधिकृतलाई पनि पुरस्कृत गरियो । सो अवसरमा मुख्यमन्त्री शेरधन राईले गौरवपूर्ण इतिहास बनाएको नेपाल प्रहरीले मानवअधिकार रक्षा तथा अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले आफ्नो पहिचान र परिचय झल्काउन सक्ने नेपाल प्रहरीले सीमित साधन स्रोतको बाबजुद पनि समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न सफल भएको बताउँदै राष्ट्रको साझा आँकाक्षा पूरा गराउन प्रहरी सङ्गठन सदैव क्रियाशील रहनुपर्नेमा जोड दिनुभयो । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी संगठन इमान्दार र अनुशासित ढङ्गले परिचालन हुनुपर्ने भन्दै प्रहरी सङ्गठनलाई सक्षम एवं दक्ष बनाउन प्रदेश सरकार गम्भीर छ भन्नुभयो । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू