Previous Version
Saturday, Oct 31, 2020  |  शनिबार, १५ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
गाली बेइज्जती गर्नेलाई साइबर मुद्दा देहरादून घटनाप्रति सरकार गम्भीर छ : परराष्ट्र मन्त्रालय दुर्घटनामा पाँच घाइते दशैँका यात्रुलाई महामारीको त्रास : उपत्यका भित्रिने र छाड्ने घटे फरार पाँच प्रतिवादी पक्राउ सङक्रमण र मृत्युदर बढ्दो सङ्क्रमितलाई घृणा नगरी आइसोलेशनमा बस्न वातावरण मिलाउनुपर्छः गलबहादुर गुरुङ, सदस्य, जिसस, तनहुँ ओझालाई रिहा गर्न नेविसङ्घको माग हतियार र लागुऔषधसहित दुई युवक पक्राउ मिति २०७७ साल कार्तिक १४ गते शुक्रबार, अक्टोबर ३० तारीख हेरौं राशिफल एटिएम मेशिन तोडफोड गर्न खोज्ने पक्राउ चन्द समूहका कार्यालय सचिव पक्राउ निरन्तर सुझाव र आलोचना दिन पत्रकारलाई अर्थमन्त्रीको आग्रह कृषि क्षेत्रको विकासका लागि विश्व बैंकको नौ अर्ब ४४ करोड प्राप्त हुँदै नेकाँ बैठक शुक्रबार

शैक्षिक गुणस्तर समान बनाउनुपर्ने

शुक्रबार, ३० असोज २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निजी विद्यालयसँग समान बनाउने हो भने गुणस्तरीय शिक्षा खोज्दै अभिभावक चर्को शुल्क तिर्नुपर्ने ठाउँमा जानुपर्ने वाध्यताको स्वतः अन्त्य हुने बताउनुभएको छ । शिवपुरी माध्यमिक विद्यालयको ७२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रमुख शाक्यले विद्यालय शिक्षाको जिम्मा स्थानीय तहमा आएपछि विद्यालय सुधारका केही प्रयास शुरु गरिएको पनि बताउनुभयो । आजै प्रमुख शाक्यले विद्यालयमा स्थापना गरिएको सूचना प्रविधि प्रयोगशालाको उद्घााटन गर्नुभयो । दूरसञ्चार प्राधिकरणको सहयोगमा २४ वटा कम्प्युटरसहितको प्रयोगशाला स्थापना गरिएको हो । समारोहमा विद्यालयका प्रधानाध्यापक दिवाकर दूरदर्शीले भन्नुभयो, “विद्यालयको सूचना प्रविधि प्रयोगशालालाई नमूना र सिकाइ प्रयोगशालाका रुपमा विकास गर्र्ने काममा निरन्तर लागिरहेका छौँ ।” विद्यालयले कोभिड नियन्त्रणमा उत्कृष्ट काम गरेको जनाउँदै वडा ३ का अध्यक्ष दीपक केसीलाई विशेष सम्मान गरेको थियो । विद्यालयमा कक्षा १२ सम्म करिब एक हजार ३०० विद्यार्थी छन् ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू